काठमाडौं- एमाले र माओवादीको एकतापछि गठन भएको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले दुई साता भित्रै आफ्नो नाम परिवर्तन गरेको छ । नेपाल कम्युनिस्ट पार्टीको मुनी अन्डरलाइन राख्दै आएको नेकपाले अब अन्डरलाइन हटाउने भएको हो ।
विभिन्न पक्षबाट आएका सुझावहरुलाई ध्यान दिएर पार्टीको नाम परिवर्तन गर्ने निर्णय भएको नेकपाका प्रमुख सचेतक देव गुरुङले नेपाल समयलाई जानकारी दिए । लेखनमा समेत त्यति सहज नभएको र धेरैतिरबाट अन्डरलाइन हटाउन सुझाव दिइएकाले अन्डरलाइन हटाइएको उनले बताए ।
नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीचको एकतापछि बनेको नेपाल कम्युनिस्ट पार्टीपरिवर्तन गरेर नेपाल कम्युनिस्ट पार्टी (नेकपा) राख्ने निर्णय गरेको हो । दुई दलबीच जेठ ३ गते एकीकरणभएलगत्तै नेपाल कम्युनिस्ट पार्टी नाम राखेर दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिइएको थियो ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४