काठमाडौं:- बिहीबार राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिक अखबारहरुले बजेटको सेरोफेरोमा बसेर बिभिन्न एङ्गलबाट खबर लेखेका छन् । कसैले बजेटपछि अर्थमन्त्रीको प्रतिक्रिया समेटेटेका छन् भने कसैले बजेटले बिभिन्न क्षेत्रमा पारेको प्रभावलाई मुख्य समाचार बनाएका छन् ।
कान्तिपुर दैनिकले सांसदलाई दिइएको ४ करोड बजेटका विषयमा अर्थमान्त्री युवराज खतिवडाले दिएको प्रष्टिकरणलाई मुख्य समाचार बनाएको छ । उसले ट्रयापमा परेः अर्थमन्त्री शीर्षक दिएर यो खबर छापेको छ । यस्तै कान्तिपुरले सरकारले बजेट मार्फत ल्याएको पेन्सन फन्डले राज्यकोषको अर्बौं जोगिने विषयलाई पनि महत्वका साथ छापेको छ ।
नागरिक दैनिकले अर्थमन्त्री खतिवडाले कर छले वित्तीय अपराधमा कारबाही गर्ने चेतावनी दिएको खबर, काम नगर्ने ठेकेदारविरुद्ध गृहमन्त्रालय कठोर बनेको विषय विशेष महत्व दिएको छ ।
अन्नपूर्ण पोस्ट्ले भने प्रधानमन्त्री केपी ओलीले बुधबार यसैबर्ष पश्चिम बंगालबाट पानीजहाज सञ्चालन गर्ने उद्घोष गरेको विषयलाई मुख्य समाचार बनाएको छ । उसले कांग्रेस संसदीय दल सरकारले समृद्धिको अवसर गुमाएको निष्कर्षमा पुगेको खबरलाई एकंर न्युजका रुपमा छापेको छ ।
नयाँ पत्रिकाले प्रदेशगतरुपमा केन्द्रका ठूला आयोजना शीर्षकमा मुख्य समाचार छापेको छ । उसले उपशीर्षक दिएर घोषणापत्र र नीति–कार्यक्रमका मुख्य ८ विषय बजेटमा ओझेल परेको खबर पनि लेखेको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४