आइतबार, असार २८, २०८३

अरु कैेदी जसरी छुटे ढुंगेल पनि त्यसैगरी छुटेः ओली 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं १६ जेठ। प्रधानमन्त्री केपी शर्मा ओलीले  अरु केदी जसरी छुटेका हुन बालकृष्ण ढुंगेल पनि त्यसैगरी छुटेको बताएका छन् उनले संविधान र कानुन अनुसार चल्ने देशमा भएकोले कसैलाई मनलाग्दी गर्न छुट नभएको बताए। 
 नेपाल कम्यूनिष्ट पार्टीको संघीय संसदीय दलको बैठकलाई बुधबार सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सो कुरा बताएका हुन् 
 प्रधानमन्त्री ओलीले बालकृष्ण ढुंगेलको रिहाइका बिषयमा काँग्रेसले गरेको आपत्तीको कुनै अर्थ नरहेको बताए । “निश्चित समयको कैद भुक्तानी गरेपछि अरु कैदी संविधान,नियम कानुन अनुसार  जसरी छुट्छन् ,बालकृष्ण ढुंगेल त्यसैगरी छुट्नु भएको हो ” प्रधानमन्त्री ओलीले भने “यस बिषयमा काँग्रेसको आलोचना कानुन सम्मत छैन ।” प्रधानमन्त्ती ओलीले काँग्रेसलाई खुद्रा,त्यान्द्रा समाएर राजनीति नगर्न समेत सुझाए । 
 नेपालको शान्ती प्रक्रिया दुंनियाका लागि दृष्टान्त भएको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले यो कतैबाट आयातित मोडल नभइ आफैले सृजना गरेको मोडल भएको बताए। 
सरकारले ल्याएको बजेट उत्कृष्ट भएको प्रधानमन्त्री ओलीको भनाइ थियो । वामगठबन्धनले जारी गरेको घोषणा पत्रमा समेटिएका कार्यक्रम बजेटमा सम्बोधन भएको प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्री ओलीले बजेटमा कृषि,उद्योग,ब्यापार लगायतका क्षेत्रमा युगान्त्कारी परिवर्तन आउने कार्यक्रम समेटिएको बताए । कतिपय सडक लगायत विकासका कामहरु प्रदेश र स्थानीय तहबाट सञ्चालन हुने भएकोले केन्द्रीय बजेटमा उल्लेख नभएको प्रधानमन्त्री ले दावी गरे। 
 

 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।