आइतबार, असार २८, २०८३

राप्रपालाई फेरि एकताको बाडुली

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-पटक पटक फुट्दै जुट्दै गरेको  राप्रपालाई फेरि एकताको बाडुली लागेको छ । 

पार्टी अध्यक्ष कमल थापाको अध्यक्षतामा बुधबार बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले विचार मिल्ने अन्य दलहरूसँग एकता  गर्ने  निर्णय गरेको छ । 

अन्य दलहरूसँग वार्ता गर्न कार्यदल गठन गरिएको पार्टीका सह-प्रवक्ता मोहन श्रेष्ठले जानकारी दिए । कार्यदलमा उपाध्यक्षद्वय बुद्धिमान तामाङ र टंक ढकाल तथा महामन्त्री राजेन्द्र लिङ्देन छन् । 

प्रतिनिधि तथा प्रदेशसभाको निर्वाचनअघि थापा र पशुपतिशमशेर राणाको नेतृत्वमा विभाजित भएका थिए । राणाको नेतृत्वमा राप्रपा प्रजातान्त्रिक गठन भएको छ । 

दुवै पार्टीले तीन वटा तहका निर्वाचनमा नराम्रो गरी पराजय भोग्नु परेको थियो । दुवै पार्टीले राष्ट्रिय पार्टीको हैसियत गुमाएका छन् । सोही कारण एकीकरणका लागि छटपटी शुरु भएको हो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।