आइतबार, असार २८, २०८३

एमाले र माओवादी एक भएपछि फेरि यसरी बन्दैछन् नयाँ गुट

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं- नवगठित नेपाल कम्युनिस्ट पार्टीभित्र आन्तरिक गुट निर्माणको चलखेल शुरु भएको छ । कुन नेताले कस्तो गुट बनाउलान् भन्ने अझै यकिन भइसकेको छैन । 

अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल 'प्रचण्ड', वरिष्ठ नेता माधवकुमार नेपाल र नेता झलनाथ खनालका अलग या संयुक्त गुट निर्माण गर्ने प्रयास थालेका छन्, उनीहरू निकटका अन्य नेताले । 

साविकका एमाले र माओवादी केन्द्रमा रहेका आन्तरिक गुटहरू विस्तारै आपसमा विलयको अभ्यासमा देखिन्छन् । तर, को कता टाँसिएर कसरी गुटहरूको निर्माण हुन्छ भन्ने प्रष्ट चित्र आइसकेको छैन । 

ओली-प्रचण्ड गुट

नेकपाका अध्यक्षद्वय ओली र प्रचण्डबीच एउटै गुट निर्माणको सम्भावना जीवित छ । दुवै अध्यक्षले पार्टी एकीकरणका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए । 

सोही भूमिकाका कारण ओली र प्रचण्डबीचको गुट बन्ने सम्भावना बढी देखिन्छ । निश्चित छ, दुवै नेतासँग निकटस्थ दोस्रो वरियताका र युवा नेताहरू उक्त गुटमा सामेल हुनेछन् । 

ओली र प्रचण्डको गुट बन्यो भने वरिष्ठ नेता नेपाल र नेता नारायणकाजी श्रेष्ठबीच अर्को साँठगाँठ हुन सक्छ । 

नेपाल-प्रचण्ड गुट

वरिष्ठ नेता नेपाल र अध्यक्ष प्रचण्ड नजिकिने अर्को सम्भावना पनि छ । प्रचण्डको रोजाइका नेता पनि हुन्, नेपाल । 

खासगरी, माओवादीलाई शान्तिपूर्ण राजनीतिमा ल्याउन एमालेका तत्कालीन महासचिव नेपालले निर्वाह गरेको भूमिकाका कारण दुई नेता नजिक बनेका थिए । अध्यक्ष ओलीबाट जुनसुकै समयमा धोका पाइने मनोविज्ञान दुवै नेतामा देखिन्छ । 

पहिलो संविधानसभा निर्वाचनमा नेपालले काठमाडौं र रौतहटका दुई निर्वाचन क्षेत्रमा हार बेहोरे । तर, उनलाई सरकारबाट हुने मनोनयनको कोटामा संविधानसभा सदस्य बनाउन तत्कालीन प्रधानमन्त्री प्रचण्डले नै पहल गरेका थिए । 

- झलनाथ खनाल, वामदेव गौतम, ईश्वर पोखरेल र नारायणकाजी श्रेष्ठ कुन गुटमा सहभागी हुने भन्ने अन्योलमै ।



एमाले केन्द्रीय कार्यालयमा पत्र नै पठाएर प्रचण्डले त्यसका लागि वातावरण सहज बनाएका थिए । सोही हैसियतमा आफूपछि प्रधानमन्त्री बनेका नेपाललाई प्रचण्डले 'विषवृक्ष'को संज्ञा दिए । र, नेपालले आफू सबै अटाउने 'शीतल छहारी' रहेको अभिव्यक्ति दिए । 

सोही कारण केही समय दुई नेताबीच सम्बन्ध चिसिएको थियो । खासगरी, पार्टी एकीकरणका क्रममा उनीहरू धेरै छलफलमा एकसाथ थिए । र, अहिले सौहाद्र्रपूर्ण सम्बन्धमा देखिन्छन् । 

भविष्यमा उक्त सम्बन्धले नेकपाभित्र बलियो गुट बनाउने सम्भावना कमजोर देखिँदैन ।

नेपाल-ओली गुट

अध्यक्ष ओली र वरिष्ठ नेता नेपाल धेरै समय एकै गुटमा रहेका जोडी हुन् । एमालेको आठौं महाधिवेशनसम्म दुई नेता एउटै गुटमा थिए । बेला-बेलामा मनमुटावबाट पनि गुज्रिँदै आएका छन्, उनीहरू ।

एक समयमा झलनाथ खनाल र वामदेव गौतमबीच साँठगाँठ हुँदा नेपाल र ओलीको अर्को गुट थियो । त्यसबेला खनाल समूहले तत्कालीन माओवादीलाई नजिकको शक्ति ठान्थ्यो । नेपाल र ओली भने माओवादीप्रति अनुदार थिए । 

पार्टी एकीकरणअघि ओली र नेपालबीच गोप्य सहमति भएको धेरै नेताको अनुमान रहँदै आएको छ । ओलीले नेपाललाई भावी अध्यक्षको बचन दिएको चर्चा पार्टीभित्र व्यापक छ । 

स्रोतका अनुसार एकीकृत महाधिवेशनमा आफू उम्मेदवार नबन्ने र नेपाललाई सहयोग गर्ने बचन ओलीले दिएका छन् । सोही कारण केही समय अघिसम्म ओलीसँग आक्रमक देखिएका नेपाल पछिल्ला दिनमा नरम र सकारात्मक बन्दै गएको पाइन्छ । 

नेकपाका एक केन्द्रीय सदस्य भन्छन्, 'बन्नलाई सजिलो गुट भनेकै नेपाल र ओलीको हो ।' 

नारायणकाजी, झलनाथ, वामदेव  ईश्वरको अन्योल

पार्टी एकीकरणपछि केही प्रभावशाली नेताको बजार 'डाउन' भएको छ ।  माओवादी केन्द्रमा हुँदा दोस्रो वरियतामा रहेका नारायणकाजी एकीकृत पार्टीमा पाँचौंमा झरेका छन् । 

एमालेमा उपाध्यक्ष रहेका वामदेव गौतम र माओवादीका उपाध्यक्ष नारायणकाजी श्रेष्ठ नौ सदस्यीय सचिवालयमा त परेका छन् । तर, भविष्यमा कसको फेर समात्ने भन्नेमा अन्योलमै देखिन्छन् । 

पूर्वप्रधानमन्त्री खनालको नवगठित पार्टीभित्र गणनासमेत हुन छाडेको छ । एमालेमा रहँदा माधव नेपालभन्दा माथिल्लो वरियतामा थिए, उनी । एकीकरण हुँदा चौथो वरियतामा धकेलिएका छन् । 

एमालेमा ओली निकटस्थ रहेका तत्कालीन महासचिव ईश्वर पोखरेल अहिले उनीबाट टाढिएका छन् । पोखरेलको ठाउँ तत्कालीन उपमहासचिव विष्णु पौडेलले लिएका छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।