आइतबार, असार २८, २०८३

सरकारले राजाको श्रीपेच बाहिर ल्याउने 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं: सरकारले नारायणहिटी दरबार संग्राहलयमा रहेको राजाको श्रीपेच सार्वजनिक गर्ने भएको छ । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री रविन्द्र अधिकारीले राजसंस्थाको प्रतिकको रुपमा रहेको श्रीपेच तीन महिना भित्र सार्वजनिक गर्ने बताएका हुन् । 

उनले बुधबार नारायणहिटी संग्राहलयको अनुगमन गर्दै तीन महिना भित्र श्रीपेच सार्वजनिक गर्ने गरि तयारी गर्न संग्राहलय प्रशासनलाई निर्देशन दिएका छन् । यसअघिका सरकारले पनि श्रीपेच सार्वजनिक गर्ने प्रतिवद्धता पटक–पटक गर्दै आएका थिए ।  

यस्तै दरबारको अनुगमनको क्रममा नारायणहिटी संग्राहलयको ऐतिहासिकता मर्न नदिन गुरु योजना बनाउने तयारीमा रहेको उनले बताए । उनले दरबार संग्राहलयमा निर्माणाधिन गणतन्त्र स्मारकको काम पनि छिट्टै सम्पन्न हुने आश्वासन दिए ।

मुलुकमा गणतन्त्र स्थापना भएसँगै राजतन्त्र र त्यसको ऐतिहासिकता जोगाउन सरकारले नारायणहिटी राजदरबारलाई संग्राहलयमा रुपान्तरण गरेको थियो । सरकारले २०६५ फागुन १५ गते दरबार सर्वसाधरणका लागि खुल्ला गरिएको थियो । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।