आइतबार, असार २८, २०८३

कम्युनिस्टको गीत बज्दा उठेन ओलीको मुठी 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं: विश्वका धेरै देशका कम्युनिस्ट नेताहरु  यतिबेला राजधानीमा भेला भएका छन् । उनीहरु कार्लमक्र्सको द्धिशतवार्षिकी मनाउने क्रममा काठमाडौंमा भेला भएका हुन् ।

उनीहरुले कार्लमाक्स सिद्धान्तलाई पछ्याउदै सर्वहारा वर्गको अधिनायकत्वको कुरा गर्ने छन । तर, आयोजक देश नेपालका कम्युनिस्ट पार्टीले पहिला नै सर्वहारा वर्गको अधिनायकत्व अस्वीकार गरेको छ । र शान्तिपूर्ण प्रतिस्पर्धामा आधारित लोकतन्त्रको बाटो अवलम्बन गरेको छ । 

अन्तर्राष्ट्रिय सेमिनारको नाम दिएको यस कार्यक्रमको  प्रधानमन्त्री तथा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओलीले बुधवार बिहान उद्घाटन गरेका छन् । उनले नेपालका तर्फबाट नेपालको कम्युनिस्ट आन्दोलन र क्रान्तिकारी प्रक्रिया'का बारेमा कार्यपत्र प्रस्तुत गर्ने छन ।  

अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले 'आजको माक्सवाद र समाजवाद' विषयमा कार्यपत्र प्रस्तुत गर्ने छन् । प्रत्येक देशका तर्फबाट आ–आफ्नो देशको कम्युनिस्ट आन्दोलन अनुभव आदान–प्रदान गरिनेछ ।

दुई दिनसम्म चल्ने उक्त कार्यक्रमका १६ देशका कम्युनिस्ट, समाजवादी र श्रमिक गरी २२ पार्टीको सहभागिता रहनेछ ।  

बुधवार बिहान उद्घाटन भएको सो कार्यक्रममा नेपालको राष्ट्रिय गान बजाईएको  थियो । त्यसलगतै सर्वहारा वर्गको अधिनायकत्व कायम गर्ने आशयको कम्युनिस्टहरुको अन्तर्राष्ट्रिय गीत बजाउँदा प्रधानमन्त्री ओली र सकारमा सहभागि मन्त्रीहरुले मुठ्ठी उठाएनन् । तर कार्यक्रममा  सहभागि भएकाहरुले भने मुठी उठाएका थिए ।
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।