मंगलबार, मंसिर ११, २०८१

Siddartha premir insuranceSiddartha premir insurance

अमिताभको बलिउड इतिहास बचाउने संघर्ष

अमिताभ बच्चन बलिउड 'सुपर स्टार' हुन्। अमिताभले आफ्ना दशकौं देखिका फिल्महरूलाई मुम्बईमा रहेको बंगलाको एयर कन्डिशन रुममा सजाएर राखेका छन्।
 |  शनिबार, चैत १४, २०७७
nespernesper

नेपाल समय

नेपाल समय

शनिबार, चैत १४, २०७७

अमिताभ बच्चन बलिउड 'सुपर स्टार' हुन्। अमिताभले आफ्ना दशकौं देखिका फिल्महरूलाई मुम्बईमा रहेको बंगलाको एयर कन्डिशन रुममा सजाएर राखेका छन्।

triton college

पाँच वर्ष पहिले अमिताभले ति फिल्मको प्रिन्ट सजाउनका लागि एक एनजिओलाई जिम्मा दिएका थिए। जसले यिनलाई नियन्त्रित तापक्रममा राख्छन्।

'फिल्म हेरिटेज फाउन्डेशन' नामको एनजिओले भारतीय फिल्मको संरक्षण तथा सजाउने काम गर्छ।

अवार्ड विजेता फिल्म निर्मा, संकलनकर्ता र संरक्षक शिवेन्द्र सिंह डुङ्गपुरको नेतृत्वमा सुरु भएको यो एनजिओ यस प्रकारको कामका लागि अग्रस्थानमा छ।

यो संस्थाले अन्तराष्ट्रिय स्तरमा पनि आफ्नो पहिचान बनाइसकेको छ। अमिताभ यो एनजिओका ब्रान्ड एम्बेस्डर हुन्।

Metro Mart
vianet

भारतमा फिल्म नष्ट भइरहेका थिए। यो संस्थाले थुप्रै वर्षदेखि यसको मुद्दा उठाइरहेको थियो। शुक्रबार अमिताभलाई यसको प्रमोटका लागि प्रेरित गरिरहेको भन्दै सम्मान गरिएको थियो।

७८  वर्षीय यस वर्ष इन्टरनेशनल फेडरेशन अफ फिल्म अर्काइभ अवार्ड दिइएको छ।

नोलान र साथी फिल्म निर्माता मार्टिन स्कोरसेसेले यो अवार्ड दिएका थिए। अमिताभ भन्दा पहिले यो फिल्म यी दुवै चर्चित फिल्मका निर्माता तथा इन्गमार बर्गम्यान, एग्रेस वर्डा तथा जाँ लु गोडार्डलाई मिलि सकेको छ।

अमिताभ सधै फिल्महरूलाई सुरक्षित राख्ने काममा ध्यान दिन्छन्। अमिताभले संरक्ष हुन नसकेकै कारण दिलिप कुमारका केहि फिल्म हेर्न नसकेको भन्दै दु:ख व्यक्त गरेका थिए।

ऐतिहासिक फिल्म

भारतमा बलिउडसहित १० ठूला फिल्म उद्योग छन्। यहाँ प्रत्यक वर्ष ३६ भाषामा दुई हजारभन्दा बढी फिल्म बन्छन्।

तर, भारतमा फिल्मका दुई अवार्ड मात्रै छन्।

एउटा सरकारद्वारा सञ्चालित अवार्ड छ। जुन पुणेमा छ। अर्को डुङ्गरपुरले चलाइरहेका छन्। डुङ्गपुर भारतीय फिल्म इन्डस्ट्रिजलाई हेर्दा यो अप्रयाप्त भएको बताउँछन्।

उनले थुप्रै ऐतिहासिक फिल्मको संरण हुन नसक्दा नष्ट भएको बताए।

भारतको पहिलो फिल्म आदम आरा (१९३१) र पहिलो भारतमा निर्मित र‌ंगिन फिल्म किसान कन्या (१९३७) हो।

अहिले बलिउड फिल्मको अवस्था एकदमै राम्रो छ। श्याम बेगेगलको भारत एक खोज (१९८८) र स्वतन्त्र संग्राम सेनानी लक्ष्मी सहगलमाथि बनेको फिल्मको मूल कपि अहिले छैन।

निर्देशक एसएस राजमौलीको २००९ मा आएको उनको फिल्म 'मागधिरा' को नेगेटिभ ६ वर्षमै गायब भएको थियो।

सरकारी अर्काइभ

डुङ्गपुरका अनुसार भारतमा बनेका कूल ११३८ एतिहासिक फिल्म मध्ये २९ मात्रै संरक्षित छन्। १९३१ देखि १९५० सम्म बनेका दुई हजार फिल्म मध्ये अहिले ८० फिल्म मात्रै हेर्न सकिने छन्।

गत वर्ष डुङ्गपुरको टिमलाई मुम्बईमा एक वेयरहाउसमा दुई सय भन्दा बढी फिल्म बिग्रिएको अवस्थामा फेला परेका थिए। डुङ्गपुरले कसैले ति प्रिन्ट तथा नेगेटिभलाई बेवास्ता गरेर फालिएको बताएका थिए।

सरकारी तथ्याङ्क अनुसार भारतमा फिल्म अर्काइभको सूचिमा रहेका ३१ हजार भन्दा बढी फिल्म नस्ट भइसकेका छन्।

२००३ मा सरकारी अर्काइभमा लागेको आगलागीमा परि ६० फिल्म नष्ट हुनपुगेका थिए। जसमा १९३१ मा बनेको क्लासिक फिल्म राजा हरीशचन्द्रको मूल कपि पनि थियो। जुन मारतमा बनेको पहिलो मुल कपि हो।

इतिहासको सम्मानका लागि पुराना फिल्महरूको अर्काइभ आवश्यक भएको भारतीय अधिकारीहरू बताउँछन्।

आजादी आन्दोलनसँग जोडिएका असरी फुटेज

डुङ्गपुर थुप्रै फिल्म ल्यावले अर्काइभको डिजिटल स‌ंस्करण तयार गर्दा नेगेटिभ फाल्नेगरेको बताए। उनीहरूलाई नेगेटिभको रेजोल्यशन आज रहेको डिजिटल कपि भन्दा निकै बढी थियो।

अहिले भारतमा फिल्मको संरक्षण गर्ने धेरै मानिस प्रिन्टमा नै काम गर्छन्।

पछिल्लो ६ वर्षमा भारतमा तीन सय भन्दा धेरै मानिसलाई फिल्म संरक्षण बारे प्रशिक्षित गरिएको छ।

डुङ्गपुरको संस्थाले भारतका शीर्ष फिल्म निर्माताका पाँच सय भन्दा बढी फिल्मको संरक्षण गरेको छ। 

अमिताभ बच्चनले त सधै भारतीय फिल्मको संरक्षणका लागि आवाज उठाउँदै आएका छन्। र, उनी बलिउडको इतिहास बचाउने संघर्ष गरिरहेका छन्। बिबिसिबाट साभार

प्रकाशित: Mar 27, 2021| 04:23 शनिबार, चैत १४, २०७७
प्रतिक्रिया दिनुहोस्