आइतबार, असार २८, २०८३

बजेटकाे समिक्षा गर्दै कांग्रेस 

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं– बजेटबारे आधिकारीक धारणा तय गर्न नेपाली कांग्रेसले संसदीय दलको बैठक डाकेको छ । नेपाली कांग्रेस, संसदीय दलको कार्यालय, सिंहदरबारमा बिहान ११ बजे बस्ने बैठकमा बजेटको समिक्षा गर्न लागिएको हो ।
 
बैठकमा पूर्व अर्थमन्त्री र अर्थविद्हरुलाई बोलाइएको संसदिय दलकी सचेतक पुष्पा भुषालले नेपाल समयलाई जानकारी दिइन् ।  बैठकमा पूर्वअर्थमन्त्री डा रामशरण महत, महेश आचार्य, अर्थविद् जगदिशचन्द्र पोखरेल, गोविन्द पोखरेल, स्वर्णिम वाग्ले लगायतकासंग छलफल गर्न लागिएको हो । 

सरकारले मंगलबार आर्थिक वर्ष २०७५–७६ को बजेट सार्वजनिक गरेको थियो । १३ खर्ब १५ अर्बको राजश्वमुखी बजेटका विषयमा नेताहरु पिच्छे फरक फरक धारणा आइरहेका बेला कांग्रेसले साझा धारण बनाउन लागेको हो । बजेट निरस भएको कांग्रेस नेताहरुले टिप्पणी गर्दै आएका छन् । 
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।