बुधबार, वैशाख ५, २०८१
  • गृहपृष्ठ
  • संवाद
  • मेयरले मलाई आठ महिनासम्म लखेट्नुभयो : हरिप्रभा खड्गी (अन्तर्वार्ता)

मेयरले मलाई आठ महिनासम्म लखेट्नुभयो : हरिप्रभा खड्गी (अन्तर्वार्ता)

म सबै उपप्रमुखहरूलाई भन्न चाहन्छु– मैले नाम राख्न पाइनँ, शिलान्यास गर्न पाइएन भनेर लड्ने–भिड्ने होइन। हाम्रो लडाइँ अझै बाँकी छ। 
 |  सोमबार, चैत १६, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत १६, २०७७

देशकै पहिलो महानगर काठमाडौं महानगरपालिकाकी उपमेयर हरिप्रभा खड्गी निर्वाचित भएको चार वर्ष हुन लाग्दासम्म आफूले सोचेजति काम गर्न नसकेको बताउँछिन्। उनको भनाइअनुसार मेयर विद्यासुन्दर शाक्यले उनलाई बेवास्ता मात्रै गरेनन्, ८ महिनासम्म धेरै दुःख दिए। रानीपोखरी निर्माणका विषयमा अडान लिएपछि मेयर शाक्यले उनको कार्यकक्षमा कर्मचारीलाई समेत जान दिएनन् । उपमेयर खड्गीसँग नेपाल समयका लागि धिरज बस्नेतले गरेको कुराकानी : 
तपाईंले महानगरको उपप्रमुख भएर साढे तीन वर्षमा प्राप्त गरेका उपलब्धि केके हुन्?

triton college

समाज परिवर्तनका लागि केही गरौं भनेर विद्यार्थी जीवनदेखि नै राजनीतिमा लागेकी हुँ। महिला भएर समाजलाई केही गरौं भन्ने उत्साह थियो। परिवारलाई सहमत गराएर राजनीति गर्नु सामान्य थिएन। उपप्रमुखमा विजयी हुँदा खुसीले गदगद् थिएँ।

सुरुमा काठमाडौंका जनताको न्यूनतम माग र आवश्यकता पूरा गर्नुपर्छ भन्ने सोचाइ थियो। अव्यवस्थित सहरलाई व्यवस्थित बनाउन सहज त छैन। जनताले पनि ढल, खानेपानी, विद्युत्को व्यवस्थित प्रबन्ध र धुलोधुवाँबाट मुक्ति खोजेका थिए। जनतालाई ठूलाठूला सपना देखाएर मात्र हुँदैन। 

यस्ता समस्यालाई पूरै बेवास्ता गरियो। ठूलाठूला सपना मात्र बाँडियो। मेयरसापले मोनो रेल र मेट्रो रेलको ढोल पिट्नुभयो। मोनो रेल, मेट्रो रेल चलाउनुअघि प्रत्येक नागरिकलाई रोजगारी दिन सक्नुपर्छ। 

जस्तै : जापान र चीनमा युवा राति निदाइरहेका हुन्छन् मेट्रोमा। उनीहरू कामका लागि दौडिएका छन् त्यसैले मोनो र मेट्रो रेल चलेको छ। हाम्रोमा रोजगारी छैन। सहरका न्यूनतम आवश्यकता परिपूर्ति छैन। यस्तो अवस्थामा मेट्रो रेल खाली गुड्छ। अहिले २५–३० रुपैयाँमा रिङरोड घुम्न सकिन्छ। मेट्रो चढ्न कम्तीमा हरेक दैनिक सयदेखि ढेड सय रुपैयाँ खर्च हुन सक्छ। त्यति खर्च गर्ने क्षमता कति मानिसको होला? आम्दानी नभई खर्च गर्न सकिँदैन। पहिला काठमाडौंको सडक, पार्किङ व्यवस्था, जस्ता विषयमा ध्यान दिनुपर्छ। त्यसो हुन सकेको छैन। 

corrent noodles
Metro Mart

मेरो जिम्मेवारीमा रहेका र जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा भने मैले सकेजति गर्दै आएकी छु। मेयरसँग असमझदारी हुँदा सोचेजति काम गर्न सकिएको छैन।

मेयरसाप र तपाईंबीच के कुरामा असमझदारी भएको हो? 

मैले महानगरपालिकाको पहिलो बोर्ड बैठकमै पञ्चवर्षीय योजना बनाउन प्रस्ताव गरेकी थिएँ। हामी के गर्दै छौं भन्ने कुरा जनताले थाहा पाउनुपर्छ भन्ने मेरो अडान थियो। त्यसैले योजनाबद्ध तरिकाले अघि बढौं भनेकी थिएँ। तर मेयरसाप सुरुदेखि नै मसँग टाढिन खोज्नुभयो। असमझदारी त्यहींबाट सुरु भएको हो। त्यसपछि यस्ता घटना धेरै छन्।

कतिपय महत्त्वपूर्ण गतिविधिमा मलाई सूचनाबाट वञ्चित गर्ने काम भयो। पछिल्लो उदाहरण,  दरबारमार्ग नजिक ‘किङ्स वे म्युजिक कन्सर्ट’ आयोजना हुँदा मलाई थाहै दिइएन। विशेष नगर परिषद्को दिन मात्र सूचना दिइयो। 

त्यो कार्यक्रमको पक्कै पनि ८/९ दिनदेखि गृहकार्य गर्नुभएको थियो होला। छिनभरमा सबै योजना र कार्यक्रम तयार भएको होइन। 

मेयरसापले उपमेयरलाई पनि आफूजसरी नै जनताको मत पाएर आएको व्यक्ति हो भन्ने सोच्नु पर्दैन? त्यो मतको कदर गर्नुपर्ला नि। कुनै कार्यक्रम गरिँदै छ भने उपप्रमुखको विचार के छ भनेर बुझ्ने प्रयास गर्नुपर्ला। तर, त्यस्तो कार्य फिटिक्कै गरिँदैन।

मलाई सूचना नै नदिएर महिला भनेर हेप्न खोजेको हो कि जस्तो लाग्छ। पुरुषले अझै पनि हेपाहा प्रवृत्ति हटाउन सकेका छैनन्। त्यसविरुद्ध पनि मेरो लडाइँ जारी छ। म सबै उपप्रमुखहरूलाई भन्न चाहन्छु– मैले नाम राख्न पाइनँ, शिलान्यास गर्न पाइएन भनेर लड्ने–भिड्ने होइन। हाम्रो लडाइँ अझै बाँकी छ। 

मेयरसापले तपाईंलाई बहिष्कार गर्नुभएको हो? 

सत्य के हो भने कर्मचारीदेखि सेवाग्राहीसम्म सबै प्रमुखमै निर्भर हुँदारहेछन्। सबैको ध्यान बजेटमै जाँदो रहेछ। बजेट चलाउने अधिकार उपप्रमुखलाई हुँदैन। राजस्व परामर्श समिति, न्यायिक समिति, अनुगमन समिति र बजेट तथा तर्जुमा समितिमा मात्रै उपप्रमुखको अधिकार चल्छ। उपमेयरलाई यसमै भ्याइनभ्याइ हुन्छ। अर्थमा अधिकार नभएपछि कर्मचारीले पनि उपप्रमुखलाई सबै जानकारी गराउँदा रहेनछन्। त्यसैको प्रभावले मलाई पनि बहिष्कार गर्न खोजिएको हो जस्तो लाग्छ।

आफूले भनेजस्तो गर्न नपाउँदा कहिलेकाहीं दिक्दार लागेर आउँदैन ? 

यो मेरा लागि सम्मानित ठाउँ हो। मलाई महानगरवासीले विश्वास गरेर यहाँ पुर्‍याएका हुन्। जनतालाई आफ्ना काम देखाउन पाएकी छु। तर सिस्टम बसाल्न खोज्दा सधैं अवरोध हुने गरेको छ। मैले कम्तीमा बोर्ड बैठक बस्नुभन्दा ४८ घण्टाअघि एजेन्डा वडाध्यक्षदेखि उपमेयरसम्मको हातहातमा पठाऔं भनेर सुरुदेखि नै प्रस्ताव गर्दैै आएकी छु तर १ घण्टाअघि पनि एजेन्डा हात पर्दैन। 

४८ घण्टाअघि नै एजेन्डाबारे जानकारी गराइयो भने मैले त विषय विज्ञहरुलाई सोध्छु। राजनीतिमा खारिए पनि प्राविधिक कुरा बुझिँदैन। त्यस विषयमा जानकारी माग्छु। त्यसपछि बैठकमा कुरा उठाउन र प्रश्न गर्न सक्छु। यही डरले उहाँले एजेन्डा अगाडि नदिएको हुन सक्छ।

तपाईं र मेयरबीच खास के कुरामा सबैभन्दा बढी विवाद हुन्छ? 

पहिला राम्रै थियो। मेरा प्रस्तावलाई सहजै लिनुहुन्थ्यो। मैले रानीपोखरी निर्माणका विषयमा स्पष्ट अडान लिएपछि मलाई सबै कुरामा वञ्चित गर्न थालियो। मैले पुरातन शैली नमासीकन रानीपोखरी पुनर्निर्माण गर्न सकिने अडा लिएकी थिएँ। तर मेयरसाप कंक्रिटको बनाउन चाहनुहुन्थ्यो। 

कतिसम्म भने मेरो कार्यकक्षमा कर्मचारीलाई समेत आउन दिइएन। ६/७ महिनासम्म कर्मचारी आउन डराउँथे। सीसी क्यामेरामार्फत हेर्ने र  उपमेयर भएको ठाउँमा के गर्न गएको हो भनेर मेयरले कर्मचारीलाई र्‍यााखर्‍याख पार्ने गरेका थिए। मैले त्यति बेला ८ महिनासम्म धेरै दुःख र अपमान झेलें। मलाई उहाँले आठ महिनासम्म लखेट्नु त जोक होइन नि!

मैले रानीपोखरी र टुँडिखेलका विषयमा अडान लिएपछि त बेवास्ता गर्ने क्रम बढाउनुभयो। उहाँसँग मेरो विवाद बढ्दै गयो। म अनुगमनमा जाँदा भाँजो हाल्यो भनेर आरोप लगाउनुभयो। मलाई एक्ल्याउने प्रयास भयो।

न्युरोडको मोर्डन कम्लेक्स ३५ फिट भन्दामाथि बनाउनु हुँदैनथ्यो। म अनुगमनमा गएपछि एक तला भत्काउने काम भयो। त्यस विषयमा पनि मेयरसाबले मसँग विवाद गर्नुभयो। मैले सम्पदा क्षेत्रमा नियमले नदिने काम गर्न हुन्न भनेर रोकें। उहाँ विकासका नाममा एकलौटी गर्न खोज्नुहुन्छ। म म सम्पदा जोगाएर गर्नुपर्छ भन्ने गर्छु। यसमा पनि विवाद हुने गरेको छ।

कर्मचारीबाट कस्तो सहयोग पाउनुभएको छ? 

सुरुका दिनमा कर्मचारीले सबै विषयमा जानकारी गराउँथे। अहिले चाहिँ धेरै कुराको जानकारी नै गराइँदैन। एक त उपमेयरको त्यति अधिकार छैन। अर्को कुरा मेयर आफैंलाई मात्र जानकारी गराए हुन्छ, अरू कसैलाई केही भन्नै पर्दैन भन्ने सोचाइमा हुनुहुन्छ। यसमा म अरू कसैलाई दोष दिन्नँ। उहाँले कर्मचारीमा अरू कसैलाई मान्नु पर्ने आवश्यकता छैन भन्ने भावनाको विकास गराउनुभएको छ। 

मेयरले तपाईंलाई सहकर्मीको व्यवहार गर्नु भएन? 

हो । आठ महिनासम्म मलाई लखेट्नु भनेको त जोक होइन नि। हरेक बैठक र भाषणमा उहाँले रानीपोखरीको नाम नलिएको दिनै हुँदैनथ्यो। अति भएपछि मैलदे रानीपोखरीको नाम लिँदालिँदा तपाईं वाक्क हुनु भएन? भनेर सोधेको थिएँ। 

तपाईं र मेयरबीच बोलचालै बन्द भएको हो ? 

उहाँ र मेरो भेटै हुँदैन। कोभिड–१९का कारण उहाँ पूर्ण रुपमा राष्ट्रियसभा गृहमा बस्दै आउनुभएको छ। मचाहिँ चुनाव जितेर आएदेखि यहीं छु। म सम्पदा बचाउन भनेर लागें तर उहाँ भने त्यसलाई बेवास्ता गर्दै आउनुभएको छ। यस्ता विषयमा पनि विवाद हुन्छ। कतिपय विषय मैले उठाउँदा विवाद हुन्छ। तर बिस्तारै मेरै प्रस्ताव मान्नैपर्ने अवस्था छ। रानीपोखरी पुनर्निर्माण पनि यस्तै भयो।

बाँकी ढेड वर्ष कसरी अगाडि बढाउने योजनामा हुनुहुन्छ?

यसअघि जसरी जनतासँग घुलमिल हुँदै आएकी थिएँ। बाँकी कार्यकाल पनि त्यसलाई निरन्तरता दिनेछु। समस्यामा परेका जनताले मेयरलाई भेट्न कठिन छ। त्यसैले जनता मैसँग ठोक्किन आइपुग्नुहुन्छ। सकेको काम तुरुन्त गराएर पठाउँदै आएकी छु। शतप्रतिशतको काम गर्न नसके पनि ८० प्रतिशतलाई खुसी बनाएर  पठाएको छु। आगामी दिनमा पनि यसलाई निरन्तरता दिनेछु। 

प्रकाशित: Mar 29, 2021| 04:03 सोमबार, चैत १६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

मुटुरोगीको संख्या अस्वाभाविक रुपमा बढेको छ, जीवनशैली सुधारौं : डा‍‍. अवनिभूषण उपाध्याय [अन्तर्वार्ता]

नेपालमा २०३५ सालसम्म मुटु रोगको समस्या थिएन। नेपालीको जीवनशैली निकै राम्रो थियो । तर, अहिले खासगरी खानपिन र व्यायाम गर्ने परिपाटीमा धेरै परिवर्तन भएको छ।
सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

सरकार बनाउने-ढाल्ने खेलले केन्द्रदेखि प्रदेशसम्मै विकास ओझेलमा परेको छ: पूर्वमुख्यमन्त्री शाही [अन्तर्वार्ता]

तीन तहका सरकारबीच उचित समन्वय नहुँदा सेवा प्रवाहमा अन्योल देखिएको छ। गाउँगाउँमा सिंहदरबार पुगेको व्याख्या हुँदै आए पनि सिंहदरबारको समस्या प्रदेश र स्थानीय तहमा पनि...
शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

शीतलनिवासबाट सबैले शीतलताको छहारी पाउने ग्यारेन्टी दिन्छु

‘समयअनुरुप चुनौती बदलिँदै र जटिल बन्दै गएका छन्। अहिलेको प्रणाली र संविधानमाथि विभिन्न कोणबाट देखिएका चुनौती अनि विचलनको अवस्थाप्रति सजग रही प्रभावकारी ढंगबाट काम गर्न...
राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

राष्ट्रपति भएँ भने म सडकमा निस्किँदा जनताले जाम भोग्नु पर्दैन: सुवास नेम्वाङ [अन्तर्वार्ता]

नेकपा एमालेका तर्फबाट मुलुकको नयाँ राष्ट्रपतिका उम्मेदवार बनेका सुवासचन्द्र नेम्वाङले राजनीतिक अस्थिरताका कारण उकुसमुकुसमा रहेका जनताले राष्ट्रपति शीतलनिवासबाट बाहिर निस्कँदा सहजता महसुस गर्ने वातावरण बनाउन...
राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

राष्ट्रिय राजनीतिमा हुने परिवर्तनले मलाई विश्वासको मत लिन सहज हुन्छ: कमलबहादुर शाह [अन्तर्वार्ता]

सबैको चाहना निर्वाचनमा जाँदाकै गठबन्धन अगाडि बढ्नुपर्छ भन्ने छ। पाँच वर्ष सोही गठबन्धनले काम गर्नुपर्छ भन्ने उहाँहरूको चाहना भएकाले छिटोभन्दा छिटो पुरानै गठबन्धनले निरन्तरता पाउने...