काठमाडौँ– कर्मचारीहरुको चर्को दवावका बीच सरकारले यसवर्ष पनि तलव बढाएन् । अर्थमन्त्री युवराज खतिवडाले कर्मचारीको महंगी भत्ता बढाए पनि तलव भने बढाएनन् ।
संसद्मा बजेट पेश गर्दै अर्थमन्त्री खतिवडाले महंगी भत्ता भने २ हजारले वृद्धि गरेका छन् । एक उच्चस्तरीय समिति बनाएर मात्रै कर्मचारीको तलव बढाउने उनले घोषणा गरेका छन्।
यस्तै, कर्मचारीको पोशाक सुविधा भत्ता भने १० हजार बनाइएको छ । यसअघि कर्मचारीलाई पोशक भत्ता ७ हजार दिइदै आएको थियो ।
राज्यको ढुकुटीमा थोरै रकम रहेको बताउँदै अर्थमन्त्री खतिवडाले यसअघि नै तलब बढाउन अनिच्छा देखाएका थिए । स्रोत व्यवस्थापनमा चुनौती रहेको उनले बताउँदै अाएका थिए । कर्मचारी ट्रेड युनियनहरूले अघिल्लो पटक पनि तलब नबढेकाले यसपटक २५ प्रतिशतभन्दा बढी बढाउनुपर्ने माग गर्दै आएका थिए ।
यसैबिच, सरकारले विभिन्न अपराधमा कैद भुक्तानी गरेकाहरुको दैनिक भत्ता बृद्धि गरेको छ । यसअघि कैदीले दैनिक भत्ता रु ४५ पाउँदै आएकोमा बढाएर रु ६० बनाइएको छ ।
यस्तै कैदमै रहेका बालबालिकालाई दूधवापत दिइने रकम रु १० बाट रु २५ बनाइएको छ ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४