काठमाडौं । प्रतिनिधिसभाका सभामुख कृष्णबहादुर महराले केही सञ्चारमाध्यमविरुद्ध मुद्दा दर्ताको तयारी गरेका छन् ।
साढे ३३ किलो सुन तस्करीमा आफू र परिवारका सदस्यको नाम जोडेर समाचार प्रकाशन/प्रसारण गरिएकामा सभामुख महरा आक्रोसित बनेका हुन् ।
पूर्वगृहमन्त्रीसमेत रहेका महरा, उनका छोरा निर्मल र पूर्वगृहमन्त्री वामदेव गौतमका छोरा डा. हरिशको संलग्नता रहेको दाबी गर्दै केही सञ्चारमाध्यममा समाचार प्रकाशन/प्रसारण भएको थियो ।
सभामुख महराका प्रेस सल्लाहकार डिल्ली मल्लका अनुसार त्यस्ता सञ्चारमाध्यमविरुद्ध प्रेस काउन्सिल र प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)मा उजुरी दिइसकिएको छ । र, साइबर अपराधअन्तर्गत् मुद्दा दर्ता गर्ने तयारी भइरहेको मल्लले जानकारी दिए ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४