धनगढी- सोमबार दिपायलमा भएको जीप दुर्घटनाका घाइतेहरुलाई उपचारका लागि धनगढीतर्फ ल्याउँदै अर्को जीप दुर्घटना हुँदा चारजनाको ज्यान गएको छ।
शैलेश्वरी यातयातको जीप धनगढी डडेलधुराको गन्यापधुरा गाउपालिका ३ रडुवामा भीरबाट खसेको हो। घट्नास्थलबाट प्रहरी हवलदार खडक खड्काले दिएको जानकारी अनुसार दिपायबाट धनगढीतर्फ आउँदै गरेको से १ ज ३३० नम्बरको बलेरो जीप सडकबाट करिव डेढ सय मिटर तल खसेको छ ।
दुर्घटनास्थलमा चार जनाको शव देखिएको र कतिको ज्यान गएको हो भन्ने एकिन नभइसकेको खडकाले जानकारी दिए । त्यतिकै संख्यामा घाईते रहे पनि कति घाईते छन् भन्ने पनि एकिन हुन नसकेको उनले जानकारी दिए ।
जिल्ला प्रहरी कार्यालय डडेलधुराका प्रहरी निरीक्षक लक्ष्मण खड्काले प्रहरीको थप टोली त्यतातर्फ गइसकेकाले विस्तृत बिबरण पछि मात्र थाहा हुने बताए । हिजो मात्र डोटीको जोरायल गाउँपालिका ६ पलाडीमा जीप दुर्घटना हुँदा चार जनाले ज्यान गुमाएका छन् ।
सोमबार मात्र दिपायलमा जीप दुर्घटना हुँदा चारजनाको ज्यान गएको थियो।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४