आइतबार, असार २८, २०८३

नेपाल समयको शुभारम्भ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं : सम्पूर्ण अनलाइन पत्रिका नेपाल समय संचालनमा आएको छ । एघारौं गणतन्त्र दिवसको अवसर पारेर नेपाल समय प्रकाशनमा आएको हो । नेपाल समय मिडिया प्रालिका अध्यक्ष विश्वनाथ प्रसाद शाहले मंगलबार माउस क्लिक गरेर न्यूज पोर्टलको शुभारम्भ गरेका थिए । अध्यक्ष शाहले नेपाल समय अनलाइन पत्रकारितामामा एउटा उत्कृष्ट उदाहरण बन्न सकोस् भन्ने शुभकामना व्यक्त गरे ।

सम्पूर्ण अनलाइन पत्रिका नेपाल समयको प्रवद्र्धन तथा व्यवस्थापनमा एउटा व्यवसायिक टिम संलग्न रहेको छ ।

नेपाल समय मिडिया प्रालिको अध्यक्षमा विश्वनाथ प्रसाद शाह रहेका छन् । शाह स्थापित उद्यमी तथा व्यवसायी हुन् । डिभी ग्रुप अफ कम्पनीजका संस्थापक रहेका शाहको व्यवस्थापकीय नेतृत्वमा स्कूल, कलेज तथा अन्य डेढ दर्जनभन्दा बढी उद्योगहरु संचालनमा छन् ।



नेपाल समयको सम्पादकीय निर्देशकमा मुमाराम खनाल रहेका छन् । राजनीतिक विश्लेषक तथा स्तम्भकारको रुपमा परिचित खनालले विभिन्न न्यूज मिडियामा नेतृत्वदायी भूमिका निर्वाह गरेका छन् ।

खनालले दिशा बोधमा सम्पादक, हिमाल खबरपत्रिकामा अतिथि सम्पादक, नेपाल म्यागजिनमा राजनीतिक स्तम्भकार, नागरिक दैनिकमा स्तम्भकार, अन्नपूर्ण पोस्ट दैनिकमा विचार सम्पादकको रुपमा काम गरिसकेका छन्। नागरिक मुद्दाहरुको अनुसन्धान तथा प्राज्ञिक अभ्यासमा समेत उनी सक्रिय छन् ।

नेपाल समयको सम्पादकमा विष्णु सुवेदी रहेका छन् । दुई दसकदेखि पत्रकारिताको मूल प्रवाहमा क्रियाशिल सुवेदीले यसअघि हिमालय टाइम्स दैनिक, अन्नपूर्ण पोस्टलगायतका न्यूज मिडियामा नेतृत्वदायी भूमिकामा  अनुभव बटुलेका छन् । 

अन्नपूर्ण पोस्ट दैनिकको अनलाइन सम्पादकको रुपमा काम गरिसकेका सुवेदीले अन्य न्यूजपोर्टलमा सम्पादकीय नेतृत्व गरेका छन् । पत्रकारिता तथा आमसंचार विषयमा एमफिल तहको अध्ययन गरेका सुवेदीले सुशासन, संसद्, रक्षा मामिलामा लेख्दै आएका छन् । उनी मिडियाको प्राज्ञिक अभ्यास तथा अनुसन्धानमा समेत क्रियाशिल छन् ।
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।