शनिबार, फागुन ३०, २०८२

मेयर कप महिला क्रिकेटको पहिलो खेलमा प्रदेश १ र एपीएफ भिड्ने

नेपाल क्रिकेट संघ (क्यान)ले चैत २१ गते सुरु हुने ललितपुर मेयर कप महिला क्रिकेटको तालिका सार्वजनिक गरेको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं- नेपाल क्रिकेट संघ (क्यान)ले चैत २१ गते सुरु हुने ललितपुर मेयर कप महिला क्रिकेटको तालिका सार्वजनिक गरेको छ।

National life

प्रतियोगितामा प्रदेश १, एपीएफसहित लुम्बिनी प्रदेश, सुदूरपश्चिम र ललितपुर मेयर ११ टिम सहभागी हुनेछन्।

क्यानले आज (सोमबार) एक सूचना जारी गर्दै सार्वजनिक गरेको खेल तालिकाअनुसार उद्घाटन खेलमा पीएम कपको फाइनलिस्ट प्रदेश १ ले विभागीय टिम एपीएफको सामना गर्नेछ।

प्रतियोगिताको पहिलो दिनको खेलमा सुदूरपश्चिमले ललितपुर मेयर ११ सँग सामना गर्नेछ।

कीर्तिपुरस्थित त्रिविको क्रिकेट मैदानमा हरेक दिन दुई खेल हुनेछन्। बिहानको खेल ९ बजे सुरु हुनेछ भने दिउँसोको खेल १ बजे सुरु हुनेछ।

Laxmi sunrise bank
kumari

त्यस्तै दोस्रो दिनको पहिलो खेलमा एपीएफ सुदूरपश्चिमसँग भिड्नेछ भने दोस्रो खेलमा मेयर ११ लुम्बिनीसँग खेल्नेछ।
२३ गते एक खेलमात्र हुनेछ। सो दिन लुम्बनीले प्रदेश १ को सामना गर्नेछ।

२४ गते पहिलो खेलमा मेयर ११ र एपीएफ भिड्नेछन् भने दोस्रो खेलमा प्रदेश १ ले सुदूरपश्चिमको सामना गर्नेछ।
२५ गते सुदूरपश्चिम र लुम्बिनी भिड्नेछन्।

त्यस्तै लिग चरणको अन्तिम दिन २६ गतेको पहिलो खेलमा प्रदेश १ ले मयेर ११ सँग खेल्नेछ। साथै दिउँसोको खेलमा लुम्बिनीले एपीएफको सामना गर्नेछ।

२७ गते रेस्ट दिइएको छ भने २८ गते लिग चरणका विजेता र उपविजेताले उपाधिका लागि सामना गर्नेछन्।

प्रकाशित: Mar 22, 2021| 10:47 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।