शुक्रबार, असार २६, २०८३

भलिबल संघ र मिडिया हबबीच सम्झौता

नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गर्ने एनभीए राष्ट्रिय महिला–पुरुष भलिबल च्याम्पियनसिपको ब्रोडकास्टिङ अधिकार मिडिया हबले पाएको छ।
 |  सोमबार, चैत ९, २०७७

नेपाल समय

नेपाल समय

सोमबार, चैत ९, २०७७

काठमाडौं– नेपाल भलिबल संघ (एनभीए) ले आयोजना गर्ने एनभीए राष्ट्रिय महिला–पुरुष भलिबल च्याम्पियनसिपको ब्रोडकास्टिङ अधिकार मिडिया हबले पाएको छ।

यही चैत १९ गतेबाट काठमाडौंमा सुरु हुन लागेको प्रतियोगिताको ब्रोडकास्टिङ अधिकारबारे आज मिडिया हब र एनभीएबीच सम्झौता भएको हो।

‘भलिबल लिग चैत १९ बाट २६ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुँदैछ। उक्त प्रतियोगितको प्रत्यक्ष प्रसारणको लागि मिडिया हबसँग सम्झौता गरेका छौं,’ सम्झौतामा भनिएको छ।

मिडिया हबले प्रतियोगिताको ब्रोडकोस्टिङ अधिकार लिएबापत संघलाई चार लाख १० हजार रुपैयाँ उपलब्ध गराउने छ। मिडिया हबले आफ्ना युट्युब च्यालनमा लाइभ प्रसारण गर्ने र त्यही भिडियो रुटिन अफ नेपाल बन्दले फेसबुकमार्फत प्रसारण गर्ने प्रेस विज्ञप्तिमा उल्लेख छ।

लिगमा पुरुषतर्फ २८ र महिलातर्फ १५ गरी ४३ खेल हुनेछन्। प्रतियोगिता सिंगल राउन्ड रोविन शैलीमा हुनेछ र शीर्षस्थानका दुई टिमले फाइनल खेल्ने आयोजकले बताएको छ।

प्रतियोगितामा पुरुषतर्फ पुलिस, सशस्त्र र आर्मी गरी तीन विभागीय टोलीसहित एचएनएससी, बुद्ध युवा क्लब, नयाँबजार क्लब, मणिमुकुन्द क्लब र बुल्बुले रारा क्लब छन्।

त्यस्तै महिलातर्फ तीन विभागीयसहित न्यु डायमन्ड, ढोरपाटन क्लब, भरतपुर महानगर रहेको आयोजकले बताएको छ। प्रतियोगिता राष्ट्रिय खेलकुद परिषद्को कभर्ड हलमा हुनेछ।

यो सिजनको विजेताले तीन लाख, उपविजेताले डेढ लाख र तेस्रो हुने टिमले ७५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। त्यस्तै प्रतियोगितामा चौथो हुने टिमले ३७ हजार पाँच सय पुरस्कार पाउने आयोजकले बताएको छ।

प्रतियोगिताका विधागत उत्कृष्ट खेलाडीले जनही १० हजार रुपैयाँ पाउनेछन्। त्यस्तै, सर्वोत्कृष्ट पुरुष र महिला खेलाडीले २५–२५ हजार रुपैयाँ पाउनेछन्।

यसअघि गत वर्ष वैशाख २५ गतेबाट आयोजना गरिएको लिग कोरोना महामारीका कारण स्थगित गरिएको थियो।
 

प्रकाशित: Mar 22, 2021| 07:01 सोमबार, चैत ९, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।