मंगलबार, असोज २०, २०८३
  • गृहपृष्ठ
  • अर्थ
  • अनलाइनबाट वार्षिक ५०० डलरसम्मको विदेशी वस्तु खरिद गर्न सकिने 

अनलाइनबाट वार्षिक ५०० डलरसम्मको विदेशी वस्तु खरिद गर्न सकिने 

अब सर्वसाधरणले वार्षिक ५०० डलर बराबरको विदेशी वस्तु तथा सेवा खरिद गर्न सक्ने भएका छन्।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं- अब सर्वसाधरणले वार्षिक ५०० डलर बराबरको विदेशी वस्तु तथा सेवा खरिद गर्न सक्ने भएका छन्।

उनीहरुले लिने सेवाको भने अनलाईबाट पेमेन्ट गर्नुपर्ने छ। त्यसका लागि ‘क’ तथा ‘ख’ बर्गका बैंकहरुले डलर खर्चका लागि प्रिपेड कार्डको व्यवस्था गर्नेछन्।

नेपाल राष्ट्र बैंकले आइतबार एक सूचना जारी गरी ‘क’ र ‘ख’ बर्गका बैंकहरुलाई सूचना जारी गरी अनलाइनमार्फत् विदेशबाट वस्तु तथा सेवा खरिद गरेबापतको भुक्तानीका लागि विदेशी मुद्रामा प्रिपेड कार्ड जारी गर्न सकिने व्यवस्था गरेको हो। 

नेपाल राष्ट्र बैंकले विदेशी विनिय (नियमित गर्ने ) ऐन, २०१९ को दफा १२ ले दिएको अधिकार प्रयोग गरेर सो सूचना जारी गरेको हो।

सो ऐनको दफा १२ मा नेपाल राष्ट्र बैंकले आवश्यकताअनुसार समयसमयमा निर्देशनहरु दिन वा विनियम बनाउन वा आदेश वा सूचना जारी गर्न सक्ने व्यवस्था छ। 

राष्ट्र बैंकका अनुसार ‘क’ र ‘ख’ बर्गका बैंकहरुले राष्ट्र बैंकको शर्तमा रहेर प्रिपेड कार्ड जारी गर्न सक्ने व्यवस्था गरिएको छ।

पछिल्लो समयमा अनलाइन मार्केटिङको व्यवस्था भएको र नेपालमा पनि विदेशी सेवा तथा वस्तुको खरिद गर्ने प्रचलन बढ्दै गएपछि नेपाल राष्ट्र बैंकले सो व्यवस्था गरेको हो।

प्रकाशित: Mar 21, 2021| 13:26 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्