सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भारतमा कोरोना संक्रमण तीव्र भएपछि नेपालमा सभाजुलुस गर्न रोक

भारतमा कोरोना संक्रमण तीव्र भएपछि नेपालमा सभाजुलुस गर्न रोक

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस र भीडभाड नगर्न आग्रह गरेको छ। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं– स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोरोना भाइरस संक्रमण बढ्न सक्ने भन्दै सभा, जुलुस र भीडभाड नगर्न आग्रह गरेको छ। 

मन्त्रालयले देशभर सभा, जुलुस, र्‍याली, भेला, जमघट, गोष्ठी, सेमिनार, बैठक र भीडभाड हुने कार्य नगर्न आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले आइतबार जारी गरेको विज्ञप्तिमा भौतिक दूरी कायम गर्न, मास्कको अनिवार्य प्रयोग गर्न, साबुनपानीले राम्ररी हात धुन र स्यानिटाइजरको प्रयोग लगायतका मापदण्ड पालना गर्न अनुरोध गरिएको छ।

भारतबाट नेपालमा कोरोना भाइरस संक्रमण हुन सक्ने भन्दै मन्त्रालयले सजगता अपनाउन आग्रह गरेको हो।

भारतमा पछिल्लो २४ घण्टामा झन्डै ४४ हजारमा कोरोना संक्रमण भएको छ। दैनिक संक्रमणमा यो संख्या जनवरीयताकै सबैभन्दा बढी हो। यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट १९७ जनाको मृत्यु भएको छ।

भारतमा सक्रिय संक्रमितको संख्या तीन लाख रहेको छ। अहिलेसम्म भारतका कोरोना संक्रमितको कुल संख्या एक करोड ६० लाख रहेको छ भने मृत्यु हुनेको संख्या कबिर एक लाख ६० हजार पुगेको भारतीय सञ्चारमाध्यमले जनाएका छन्। भारतको महाराष्ट्र, नागपुरलगायतका राज्यमा लकडाउन गरिएको छ।

प्रकाशित: Mar 21, 2021| 11:59 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।