आइतबार, असार २८, २०८३

अक्करको विकल्प जेटबोट, सहज बन्दै जीवन

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
इटहरी- भोजपुर पात्लेधाराकी चन्द्रमाया कार्कीलाई सुनसरीको चतरा आउन पैदल चार घण्टाभन्दा बढी लाग्थ्यो । तर, सप्तकोशीमा व्यावसायिक जेटबोट सञ्चालनमा आएपछि अब एक घण्टामै पुग्न थालेकी छन् । 

पात्लेधाराबाट सिम्ले हुँदै सप्तकोशी पुल पुग्छिन् । पुलमुनिबाट जेटबोट चढ्छिन् र कोशी बगरबाट चतरा बजार पुग्न टेम्पो । 

हालै दुई वटा बाख्रा सुनसरी चक्रघट्टीबाट घर पुर्‍याउन सहज भयो, उनलाई । भन्छिन्, 'अब त मधेश र पहाड घरआँगनजस्तै लाग्न थालेको छ ।'

भोजपुरकै हतुवागढीका बोर्ण राई र स्यामराज राईले पनि अक्करको भीरबाट जोखिमपूर्ण यात्रा छाडेका छन् । सात घण्टाको दूरि अब एक घण्टामा छोटिएको छ । 



बोर्ण भन्छन्, 'उहिल्यै यस्तो सुविधा पाएको भए जीवन धेरै सहज हुने रहेछ । ढिलै भए पनि सुबिस्ता पाएका छौं ।'

व्यावसायिक जेट बोट सञ्चालनले भोजपुरको दक्षिणी भेगबाट तराई आउजाउ सहज बनाएको छ । चतराबाट चार घण्टामै भोजपुर सदरमुकाम पुग्न सकिन्छ, अहिले । 

चैत ०७४ देखि चतराबाट सिम्लेसम्म चल्छन्, यस्ता जेट बोट । एक पटकमा ३० जनालाई गन्तव्यसम्म पुर्‍याउँछन् । 

भोजपुरमा पर्ने सिम्ले उदयपुर र धनकुटाको पनि संगम स्थल हो । 

बराहक्षेत्र जल यातायात प्रालिका प्रबन्ध निर्देशक विमलमान श्रेष्ठका अनुसार पर्यटन र पारवहन दुवै कोणबाट उक्त सेवा प्रभावकारी देखिएको छ । 

यसअघि सुम्निमा जल यातायात प्रालिले पनि सप्तकोशीमा जेट बोट चलाएको थियो । तर, दुर्घटनामा एक जना बेपत्ता भएपछि बन्द हुन पुग्यो । बराहक्षेत्र प्रालिले भने यात्रुलाई लाइफ ज्याकेट र बीमा अनिवार्य गरेको छ । 

उक्त कम्पनीले करिब तीन करोड लगानीमा सेवा शुरु गरेको थियो । तमोर र सुनकोशीसम्म सेवा विस्तार गर्न थप दुई करोड लगानी थप्ने योजना बनाएको छ । 

मानवीय आवजावत मात्र होइन, खाद्यान्नलगायत अत्यावश्यक सामग्रीको ढुवानीमा पनि जेट बोट प्रयोग गर्ने योजना रहेको कम्पनीका अध्यक्ष सन्तोष भण्डारी बताउँछन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।