मंगलबार, असोज २०, २०८३

६३ अंकले बढेर २५३८ विन्दुमा पुग्यो नेप्से

आइतबार सेयर बजार परिसूचक (नेप्से) ६३.३८ अंकले बढेको छ। बढेको बजार २५३८.४७ विन्दुमा पुगेर रोकिएको हो। 
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं– आइतबार सेयर बजार परिसूचक (नेप्से) ६३.३८ अंकले बढेको छ। बढेको बजार २५३८.४७ विन्दुमा पुगेर रोकिएको हो। 

आज २०६ वटा कम्पनीको १ करोड २४ लाख ३० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ५ अर्ब ९१ करोड ९८ लाख रुपैयाँबराबरको कारोबार भएको छ। 

आज ठूला कम्पनीको सेयर मापन गर्ने सेन्सेटिभ इन्डेक्स २.१३ अंकले बढेर ४५३.५९ विन्दुमा पुगेको छ। आइतबार नेप्सेमा सूचीकृत सबै समूहको सूचक उकालो लागेको छ।  

आज स्वरोजगार लघुवित्त विकास बैंक लिमिटेडका लगानीकर्ताले सबैभन्दा धेरै कमाएका छन्। यसको सेयर मूल्य १० प्रतिशतले बढेको छ। 

त्यस्तै मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडका सेयर मूल्य पनि १० प्रतिशतले बढेको छ। 

आज ग्रिनलगाइफ हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले धेरै गुमाएका छन्। यसको सेयर मूल्य ६.०६ प्रतिशतले घटेको छ। 

प्रकाशित: Mar 21, 2021| 11:17 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्