शुक्रबार, असार २६, २०८३

मेयर कप महिला क्रिकेट चैत २१ गतेदेखि

ललितपुर मेयर्स कप महिला टी–२० कृकेट च्याम्पियनसिप आगामी चैत २१ गते सुरु हुने भएको छ।
 |  आइतबार, चैत ८, २०७७

नेपाल समय

नेपाल समय

आइतबार, चैत ८, २०७७

काठमाडौं- ललितपुर मेयर्स कप महिला टी–२० कृकेट च्याम्पियनसिप आगामी चैत २१ गते सुरु हुने भएको छ।

नेपाल क्रिकेट संघ(क्यान)ले आयोजना गरेको प्रतियोगितामा ललितपुरले प्रायोजन गरेको छ। ललितपुरमा आज एक कार्यक्रम गर्दै क्यानले प्रतियोगिताको मिति सार्वजनिक गरेको हो।

चैत २८ गतेसम्म हुने प्रतियोगितामा पाँच टिम सहभागी हुनेछन। सिंगल राउन्ड रोबिनबाट लिग चरणमा १० खेल हुनेछन।

त्यस्तै, २७ गते रेस्ट रहेको छ भने लिग चरणका शीर्षस्थानका दुई टिमले फाइनलमा उपाधिका लागि खेल्नेछन।

प्रधानमन्त्रीकप पछि काठमाडौं महानगरको सहयोगमा क्यानले मेयर कप पुरुष एक दिवसीय क्रिकेट संचालन गरेको थियो। त्यस्पछि क्यानले ललितपुरको सहयोगमा महिला क्रिकेट गराएको हो।

’खेलकुदका विभिन्न क्षेत्रमा सहयोग गर्ने क्रममा यो वर्ष कृकेटमा लगानी गरेका हौं। हामीले २० लाख दिएका छौं, यसले पुग्ने चहिँ होइन तर यो हामीले गर्नैपर्ने थियो,’ महानगर का मेयर चिरिबाबु महर्जनले भने, ‘हामी आगामी वर्षमा पनि सहयोग गर्ने कोसिस गर्नेछौं।’

त्यस्तै, क्यानका सचिव अशोकनाथ प्याकुरलले काठमाडौं मेयर कपको खेलाडीले एक हजार म्याच फि पाउने बताएका छन्। उनले भने, ‘पीएम कपमा सेमिफाइनल पुगेका चार टिम र बाँकी टिमका राम्रा खेलाडी छनोट गरेर पाँचौ टिम बनाउनेछौं।’

सचिव प्याकुरेलका अनुसार यो प्रतियोगिताले थप नयाँ खेलाडीलाई पहिचान दिनेछ। प्रतियोगिताको विजेताले तीन लाख पुरस्कार पाउनेछन भने उपविजेताले एक लाख पचास हजार पाउनेछ।

त्यस्तै, प्लेयर अफ सिरिजले २५ हजार, साथै, बेस्ट बलर र बेस्ट ब्याट्सवुमेनले समान १५–१५  हजार पाउनेछन।

प्रकाशित: Mar 21, 2021| 10:47 आइतबार, चैत ८, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।