आइतबार, असार २८, २०८३

सरकार अब फुल गियरमा दौडन्छ

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार अब फुल गियरमा दौडने बताएका छन् । सरकारको सय दिने काम, उपलब्धी र भावी योजनाको भिडियो सन्देश दिँदै प्रधानमन्त्रीले नयाँ आर्थिक वर्षको पहिलो दिनदेखि नै सरकारले पूर्ण गतिका साथ काम गर्ने बताए । 

नयाँ आर्थिक वर्षको शुरुदेखि संघ, प्रदेश र स्थानीय तहबीच समन्वयात्मक हिसाबले समृद्ध नेपाल र सुखी नेपालीको सपनालाई साकार पार्ने गरी काम गर्ने प्रधानमन्त्रीले बताए । 

'यो सरकार लोकप्रियताका लागि काम गर्दैन, बरु काम गरेर लोकप्रिय हुन्छ, पहिलो सय दिनका आफ्ना अनुभवका आधारमा विकास र समृद्धिको यात्रामा मुलुकलाई अघि बढाइनेछ,' प्रधानमन्त्री ओलीले भने, 'यस अवधिमा सार्वजनिक यातायात क्षेत्रको डरलाग्दो एकाधिकार तोडिएको, सुन तस्करीविरुद्ध निर्मम कारबाही प्रारम्भ भएको, ठूला परियोजना ओगटेर बस्नेमाँझ कारबाही शुरु भएको र रोजगारीको अभावमा काम खोज्न विदेशिन बाध्य नेपाली माथिको ठगी गर्नेमाथि कठोर कारबाही शुरु भएको छ ।' 

प्रधानमन्त्री ओलीले केरुङ-काठमाडौँ-लुम्बिनी तथा काठमाडौँ-वीरगञ्ज रेलमार्गको चाँडै सर्वेक्षण गरिने बताउँदै नौ सय मेगावाट क्षमताको अरुण तेस्रो जलविद्युत् आयोजनाको शिलान्यास, भारतसँग समानताका आधारमा सम्बन्धनको थालनी, अनावश्यक विदेश भ्रमण र सार्वजनिक बिदामा कटौती, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको २१ घण्टे सञ्चालन, विराटनगरस्थित भारतीय स्थल कार्यालय हट्नुलगायतलाई सरकारको सय दिनको उपलब्धिमा उल्लेख गरेका छन् । 

सार्वजनिक बिदा कटौतीबाट कूल एक करोड ९२ लाख कार्य दिन नाफामा जाने भएकाले विकासमा त्यसको प्रत्यक्ष सकारात्मक प्रभाव पर्ने प्रधानमन्त्री ओलीको भनाइ छ । प्रधानमन्त्रीले पाँच वर्षमा प्रतिव्यक्ति आय दोब्बर बनाउने बताउँदै समृद्ध र सुखी नेपाल बनाएरै छाड्ने प्रतिबद्धता जनाएका छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।