सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • भगवान सीतारामले होली खेलेको कञ्चनवन मध्यमा परिक्रमाको होली

भगवान सीतारामले होली खेलेको कञ्चनवन मध्यमा परिक्रमाको होली

भगवान सीतारामले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन्। 
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

जनकपुरधाम- भगवान सीतारामले त्रेता युगमा रंग अबिर दलेर होली खेलेको सम्झनालाई मिथिला मध्यमा परिक्रमामा सहभागीहरुले ताजा गरेका छन्। 

परिक्रमामा मिथिला विहारीको डोला संगै कञ्चनवन पुगेका परिक्रमामा सहभागीहरुले एक अर्कालाई रंग अबिर दलेर होेली पर्व मनाएका छन्। कञ्चनवनमा परिक्रमामा सहभागीहरुले रंग अबिर खेलेपछि मिथिलाञ्चलमा होली पर्वको आगमन भएको मानिन्छ।

कञ्चनवनमा महिला पुरुष सबै होलीमा रमेका थिए। परिक्रमा डोला कञ्चनवनमा पुगेपछि होली खेल्ने परम्परा रहेको संस्कृतिविदहरु बताउँछन्। त्यहाँको होलीमा मिथिलाञ्चलका अधिकांश मठ मन्दिरका महन्थ, सामाजिक, सांस्कृतिक, राजनीतिक क्षेत्रमा आबद्ध व्यक्तिहरुको सहभागिता हुन्छ।

फागुन शुक्ल प्रतिपदाबाट सुरु हुने मिथिला मध्यमा परिक्रमा फागुन शुक्ल सप्तमीमा मिथिला विहारीको डोलासँगै ध्रुवकुण्डबाट कञ्चनवन पुग्ने गर्छ। यहाँ इच्छावती गंगा र वीरजा गंगाको संगमस्थलसमेत छ। 

इच्छावती नदीले भगवान रामलाई होली उत्सव मनाउन सहयोग गरेको जनविश्वास रहेको पाइन्छ। यो स्थानमा भगवान राम र माता जानकीले होली पर्व मनाएको विश्वास गरिन्छ। 

कञ्चन वनको होलीको प्राचीनतालाई देखेर विगत केही वर्षदेखि बृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले होली महोत्सव मनाउँदै आइरहेकोे छ।

किशोरीजी डोलाका प्रमुख महन्थसमेत रहेका नवलकिशोर शरणका अनुसार जुन होली कञ्चनवनमा हुने गरेको छ त्यस्तो मिथिलाञ्चलमा कहीँ कतै हुँदैन। जनकपुरधामको हनुमान नगरबाट डोलासहित हिँडेको परिक्रमा कल्याणेश्वर, गिरिजास्थान, मटिहानी, जलेश्वर, मडै, धु्रवकुण्ड घुमेर कञ्चनवन पुगेको हो।

प्रकाशित: Mar 20, 2021| 13:33 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।