आइतबार, असार २८, २०८३

सशस्त्रका अधिकृतहरूलाई प्रशासनिक तालिम

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
काठमाडौं-मातातीर्थस्थित सशस्त्र प्रहरी प्रशिक्षण प्रतिष्ठानमा सिसं-२० गुल्मपति तथा स्टाफ तालिम र सिसं-१ प्रशासनिक व्यवस्थापन तालिम शुरु भएको छ ।    

दुवै तालिम उद्घाटन गर्दै सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले यस्ता तालिम सुरक्षा चुनौतीलाई परास्त गर्न कोशेढुंगा सावित हुने विश्वास व्यक्त गरे । 

१२ साताको तालिममा डीएसपी तीन, सशस्त्र प्रहरी निरीक्षक २७ र राष्ट्रिय अनुसन्धान विभागका एक अधिकृत गरी ३१ जना सहभागी छन् । चार साताको प्रशासनिक व्यवस्थापन तालिममा २० जना सशस्त्र प्रहरी निरीक्षक सहभागी छन् । 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।