सोमबार, भदौ १५, २०८३

परिआए विश्वासको मत सजिलै देखाउँछु : प्रधानमन्त्री 

प्रधानमन्त्री केपी शर्मा ओलिले परिआए विश्वासको मत सजिलै देखाउने बताएका छन्।
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलिले परिआए विश्वासको मत सजिलै देखाउने बताएका छन्।

बालुवाटारमा सम्पन्न केन्द्रीय कमिटी बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।

‘राजीनामा दिनु पर्दैन भनेर प्रश्न गर्नेहरुलाई म भन्छु पर्दैन। अविश्वासको प्रस्ताव ल्याउन सक्नुहुन्न। विश्वासको मत फिर्ता लिन सक्नुहुन्न।’ उनले भने, ‘मुटुमाथि ढुंगा राखी विश्वासको मत दिनु हुनेछ। नत्र चुनावमा जानु पर्नेछ।’

‘चुनावमा जाँदा जनताको चाहना बुझ्नु भएकै छ’, उनले भने। संयमताका साथ सबै दलसँग वार्ता गर्ने काम भइरहेको उनले बताए। परि आए विश्वासको मत सजिलै देखाउने प्रधानमन्त्रीको भनाइ छ।

उनले आफू सरकारको लागि मरिहत्ते नगर्ने बताए। सरकार परिवर्तन भए चुनावबाट स्पष्ट बहुमत ल्याउने बताएका छन्।

प्रकाशित: Mar 20, 2021| 12:35 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।