सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • समानान्तर कमिटी बनाउने सबैलाई कारबाही गर्ने एमाले बैठकको निष्कर्ष

समानान्तर कमिटी बनाउने सबैलाई कारबाही गर्ने एमाले बैठकको निष्कर्ष

समानान्तर कमिटी बनाएर पार्टी नेतृत्वविरुद्ध गतिविधि गर्ने सबैलाई कारबाही गर्ने निस्कर्ष निकाल्दै नेकपा एमाले ओली पक्षीय केन्द्रीय कमिटी बैठक सकिएको छ।
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

काठमाडौं- समानान्तर कमिटी बनाएर पार्टी नेतृत्वविरुद्ध गतिविधि गर्ने सबैलाई कारबाही गर्ने निष्कर्ष निकाल्दै नेकपा एमाले ओली पक्षीय केन्द्रीय कमिटी बैठक सकिएको छ।

बालुवाटारमा बसेको बैठकले वरिष्ठ नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे, घनश्याम भुसाललगायतलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ।

यस्तै बैठकले पार्टीमा समानान्तर कमिटी निर्माण गर्ने र यसमा सहभागी भएका सबैलाई विभिन्न कारबाही गर्ने निष्कर्षसमेत निकालेको छ।

पार्टीको हितविपरीत अभिव्यक्ति दिने नेतृद्वय अष्टलक्ष्मी शाक्य र रामकुमारी झाँक्रीलाई भने स्पष्टिकरण सोध्ने कुरामा अध्यक्ष केपी शर्मा ओली सहमत भएनन्।

उनले उनीहरुलाई स्पष्टिकरण सोध्न नपर्ने र त्यो खालको उनीहरुको ‘हाइट’ नभएको भन्दै केन्द्रीय सदस्यहरुलाई कन्भिन्स गरे।

बालुवाटारमा बसेकाे बैठकले गरेका थप निर्णयहरु :

एमाले बैठक : आगामी बैठकका लागि नयाँ रुपरेखा तयार

एमाले बैठक : बर्तमान केन्द्रीय कमिटीलाई महाधिवेशन आयोजक कमिटी बनाइने

एमाले केन्द्रीय कमिटी : माधव नेपाल, भीम रावलसहित ५ जनालाई स्पष्टीकरण सोध्ने निर्णय

प्रकाशित: Mar 20, 2021| 12:23 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।