काठमाडौं- नेकपा एमालेको केन्द्रीय कमिटी बैठकले पार्टीको आगामी १० औं राष्ट्रिय महाधिवेशनका लागि बर्तमान केन्द्रीय कमिटीलाई नै आयोजक कमिटीका रुपमा रुपान्तरण गर्ने निर्णय गरेको छ।
बर्तमान केन्द्रीय कमिटीका अध्यक्ष एवम् महासचिवलाई तत्कालीन पदसहित अन्य सबै पदाधिकारीको पद सदस्यका रुपमा परिणत गरी आयोजक कमिटी बनाउने निर्णय बैठकले गरेको हो।
एमालेले आगामी २०७८ मंसिर २ देखि ६ सम्म १० औं राष्ट्रिय महाधिवेशनको तयारी गरिरहेको छ।