काठमाडौं – बालुवाटारमा आज भएको एमाले संसदीय दलको बैठकमा माधव–झलनाथ पक्षका चार सांसद्को सहभागी भएका छन्।
कृष्णभक्त पोखरेल, सोम पाण्डे, यज्ञ सुनुवार र जीवनराम श्रेष्ठ सहभागी थिए।
कृष्णभक्त पोखरेलले आफू अध्यक्ष केपी शर्मा ओलीको अभियानमा साथ दिने बताएका छन्।
तर पाण्डे, श्रेष्ठ र सुनुवार भने असहमति पत्र बुझाउन गएका थिए।
शुक्रबार माधव–झलनाथको स्थायी कमिटी बैठकले संसदीय दल र केन्द्रीय कमिटीमा सहभागी नहुने निर्णय गरेको थियो।
एमाले संसदीय दलकाे बैठक भर्खरै सकिएकाे छ।