सोमबार, भदौ १५, २०८३
  • गृहपृष्ठ
  • समाज
  • माधव पक्षका सांसद पोखरेलले भने- केपी ओलीको अभियानमा साथ दिन्छु

माधव पक्षका सांसद पोखरेलले भने- केपी ओलीको अभियानमा साथ दिन्छु

माधव नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभियानमा साथ दिने बताएका छन्। 
 |  शनिबार, चैत ७, २०७७

नेपाल समय

नेपाल समय

शनिबार, चैत ७, २०७७

काठमाडौं – माधव नेपाल पक्षका सांसद कृष्णभक्त पोखरेलले प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीको अभियानमा साथ दिने बताएका छन्। 

आज बालुवाटारमा भएको संसदीय दलको बैठकमा बोल्दै पोखरेलले समृद्ध नेपाल बनाउने ओलीको अभियानमा साथ दिने र पार्टीप्रति ऐक्यबद्धता रहेको बताएका हुन्। 

उनले भने, ‘म अब मूलधारमा लागें, कहीँ कतै गल्ती भए माफ पाउँ।’

सर्वोच्च अदालतको फैसलापछि एमाले पूर्ववत् अवस्थामा फर्किंदा खुसी लागेको भन्दै उनले जबजले फेरि जनताबीच एमाले मगमगाएको बताए। 

‘बेलायतमा पनि जोन मेजरलाई घेराबन्दी गरेर हटाउन खोजियो, तर पछि उहाँलाई सबैले साथ दिएर अगाडि बढेकाले पाँच वर्ष सरकार चल्यो,’ उनले भने। 

पोखरेल कानुन न्याय तथा मानवअधिकार समितिका सभापति पनि हुन्। 

प्रकाशित: Mar 20, 2021| 07:28 शनिबार, चैत ७, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।