शनिबार, फागुन ३०, २०८२
  • गृहपृष्ठ
  • खेलकुद
  • सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका उत्कृष्ट, सरस्वती लोकप्रिय खेलाडी

सुदूरपश्चिम स्पोर्ट्स अवार्ड : गोपीचन्द्र र गौरीका उत्कृष्ट, सरस्वती लोकप्रिय खेलाडी

कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन्।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

कैलाली- कैलाली अस्पताल सुदूरपश्चिम स्पोर्ट्स अवार्डमा एथलेटिक्सका गोपीचन्द्र पार्की वर्ष पुरुष खेलाडी र पौडीकी गौरीका सिंह वर्ष महिला खेलाडीबाट सम्मानित भएका छन्।

National life

खेलकुद पत्रकार मञ्च कैलालीको आयोजनामा धनगढीमा भएको दोस्रो अवार्ड कार्यक्रममा पार्कीलाई नवजीवन अस्पताल वर्ष पुरुष खेलाडी र सिंहलाई नोभा अस्पताल वर्ष महिला खेलाडीको अवार्ड प्रदान गरिएको हो। 

पार्कीले १३ औं दक्षिण एसियाली खेलकुदअन्तर्गत ५ हजार मिटरको मध्यम दूरीमा पहिलो स्वर्ण पदक जित्ने कीर्तिमान बनाएका थिए। पुरुष ५ हजार मिटर दौडको निर्धारित दूरी १४ मिनेट ५४.२० सेकेन्डमा पूरा गर्दै उनले स्वर्ण जितेका थिए।

भारतका सुनिल दवारलाई एक सेकेन्डले पछाडि पार्दै १३ वर्षअघि गुमेको स्वर्ण उनले फिर्ता ल्याएका थिए। 
सिंहले १३ औं दक्षिण एसियाली खेलकुदमा ४ स्वर्ण, दुई रजत र तीन कास्य जितेकी थिईन्। १००, २०० र ४०० मिटर फ्रिस्टाईल तथा २०० मिटर ब्याकस्टेकमा गरी ऐतिहासिक चार स्वर्ण जित्ने कीर्तिमान उनको नाममा छ। दक्षिण एसियाली खेलकुदमा सबैभन्दा वढी ९ पदक जितेर सर्वाधिक पदक जित्ने अर्को कीर्तिमान पनि उनको नाममा छ। 

यस्तै, भलिबलकी सरस्वती चौधरी वर्षको लोकप्रिय खेलाडी घोषित भएकी छिन्। चौधरीलाई वनदेवी क्लव पिपुल च्वाइस अवार्ड प्रदान गरिएको हो। उनले पौडीकी गौरिका सिंह र क्रिकेटकी अन्जली चन्दलाई पछि पारिन्। चौधरीले ४५.९ प्रतिशत भोट पाइन् भने सिंहले ४४.८५ र चन्दले ९.२५ प्रतिशत भोट पाइन्। उनी नेपालको महिला भलिबल टोलीले बंगलादेशमा सम्पन्न सेन्ट्रल जोन भलिबलमा स्वर्ण जित्ने टीमकी महत्वपूर्ण खेलाडी थिइन्। उनले १३ औँ दक्षिण एसियाली खेलकुदमा नेपाललाई भलिबलमा ऐतिहासिक रजत पदक जित्दा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। 

Laxmi sunrise bank
kumari

कुस्तीका राजेन्द्र चन्द वर्ष प्रशिक्षक घोषित भएका छन्। दिनेश सोप वर्ष प्रशिक्षक अवार्ड चन्दलाई प्रदान गरिएको हो। उनको प्रशिक्षणमा नेपालले १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा पहिलो स्वर्ण जितेको थियो।

उनी एक स्वर्णसहित तीन रजत र तीन कास्य गरी सात पदक जिताउने प्रशिक्षक हुन्। उनको प्रशिक्षणमा १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा सहभागीता जनाएका सबै खेलाडीले पदक जितेका थिए।

एथलेटिक्सका लक्ष्मीदत्त भट्टलाई सारथी अस्पताल लाइफ टाइम एचिभमेन्ट अवार्ड प्रदान गरिएको छ। तीन दशकअघि चारपटक नेपाल च्याम्पीयन बनेर धेरै एथलेटिक्स खेलाडी जन्माउने कैलालीको गेटा निवासी भट्टलाई लाईफटाईम एचिभमेन्ट अवार्ड प्रदान गरिएको हो।

तेक्वान्दोकी आयशा शाक्य र क्रिकेटकी अन्जली चन्दलाई वर्षको स्पेशल अवार्डबाट सम्मानित गरिएको छ। दुवै खेलाडीलाई न्यू सिटी पोलीक्लिनिक स्पेशल अवार्ड प्रदान गरिएको हो। गत वर्ष स्वदेशमा आयोजना भएको १३ औं दक्षिण एसियाली खेलकुदमा आयशाले दोहोरो स्वर्णपदक जित्दै इतिहास रचेकी थिइन्।

अन्जलीले १३ औं सागअन्तर्गत महिला क्रिकेटमा नेपालले माल्दिभ्समाथि १० विकेटको जित हात पार्दा कीर्तिमानी बलिङ गरेकी थिइन्। उनले ह्याट्रिकसहित कुनै रन नदिएर ६ विकेट लिएकी थिइन्। उनी पहिलो ओभर मेडेन राख्दै तीन विकेट, दोस्रो ओभरको अन्तिम दुई बलमा दुई विकेट र तेस्रो ओभरको पहिलो बलमा विकेट लिएर कीर्तिमान रच्न सफल भएकी थिइन्। 

कुस्तीकी संगीता धामी निसर्ग अस्पताल वर्ष युवा खेलाडी घोषित भएकी छन्। उनले १३ औं दक्षिण एसियाली खेलकुदमा कुस्तीमा नेपाललाई पहिलो स्वर्ण जिताएकी थिइन्। उनले ५५ किलो तौल समूहमा बंगालदेशकी रिमी सरकारलाई पराजित गर्दै स्वर्ण पदक जितेकी थिइन्। उनले नेपालभित्र आयोजना हुने सबै कुस्ती प्रतियोगितामा स्वर्ण पदक जितेकी छन्।

ब्याडटमिन्टनका प्रिन्स दाहाल र कुस्तीकी सिवांगी दुवे सुदूरपश्चिम आइकन घोषित भएका छन्। माया मेट्रो अस्पताल सुदूरपश्चिम आइकन (पुरुष) र दुवेलाई तिवारी मेडिसियन सुदूरपश्चिम आइकन (महिला) बाट पुरस्कृत गरिएको हो।

दाहालले १३ औं दक्षिण एसियाली खेलकुदमा दोहोरो रजत पदक जितेका थिए भने दक्षिण एसियाली क्षेत्रीय खेलकुदमा २१ वर्ष मुनिको प्रतिस्पर्धामा दोहोरो कास्य पदक जितेका थिए। जुनियर ईन्टरनेशनल च्यालेन्जसमा कास्य पदक, प्रेसिडेन्ट कप नेपाल जुनियर ईन्टरनेशनल सिरिजको १९ बर्ष मुनिमा कास्य पदक र अन्नपूर्ण अन्तर्राष्ट्रिय सिरिजमा ऐतिहासिक रजत पदक जितेका दाहाललाई पुरस्कृत छ। 

१३ औ दक्षिण एसियाली खेलकुदमा नेपाललाई कुस्तीमा रजत पदक जिताउने दुवेलाई अवार्ड प्रदान गरिएको हो। उनी कम उमेरमा खुल्ला समूहमा प्रतिस्पर्धा गर्दै नेपालका लागि पदक जित्ने युवा खेलाडी हुन्। 
खेलकुद पत्रकार मञ्च कैलालीका अध्यक्ष सिताराम ओझाको अध्यक्षतामा भएको अवार्ड कार्यक्रमको प्रमुख अतिथी सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट थिए।

प्रकाशित: Mar 19, 2021| 14:38 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।