शुक्रबार, असार २६, २०८३

गणेशमान सिंह स्पोर्ट्स कमिटीको प्रदेश १ को संयोजकमा श्रेष्ठ

गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ को संयोजकमा अभिषेक श्रेष्ठ नियुक्त भएका छन्।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं- गणेशमान सिंह स्पोर्ट्स कमिटी प्रदेश १ को संयोजकमा अभिषेक श्रेष्ठ नियुक्त भएका छन्।

उनलाई प्रदेश १ मा कमिटीलाई पूर्णता दिई खेलकुदका गतिविधि सञ्चालनमा सहयोग पुर्‍याउने जिम्मेवारीसहित संयोजक नियुक्त गरिएको  कमिटीले बताएको छ।

गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधरले श्रेष्ठलाई प्रदेश १ को संयोजकको जिम्मेवारी सुम्पिएका हुन्। तुलाधरले शुक्रबार संयोजक श्रेष्ठलाई नियुक्ति पत्र पनि हस्तान्तरण गरेका छन्।

अभिषेक श्रेष्ठले यसअघि गणेशमान सिंहको स्मृतिमा आयोजना हुँदै आएको बक्सिङ प्रतियोगितामा प्रदेश १ को संयोजकको भूमिका निर्वाह गर्दै आएका छन्।

गणेशमान सिंह स्पोर्ट्स कमिटी गठन भएपछि खेलकुदका विभिन्न कार्यक्रम सञ्चालन हुँदै आएको छ। स्पोर्ट्स कमिटीकै आयोजनामा शनिबार ‘वीर गणेशमान सिंह टेन–के रोड रेस आयोजना हुँदैछ।

प्रकाशित: Mar 19, 2021| 13:32 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।