काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) को अक्सन सम्पन्न भएको छ। अखिल नेपाल फुटबल संघ (एन्फा)ले उपलब्ध गराएको १४९ खेलाडीबाट देशभरका सात फ्रेन्चाइज टिमले काठमाडौंमा (शुक्रबार) १४–१४ जना खेलाडी आफ्नो क्लबमा छानेका छन्।
अक्सनमा सबैभन्दा ठूलो मूल्य दुई लाख थियो। दुई लाखभन्दा धेरै मूल्य लगाएर खेलाडी किन्न नपाइने व्यवस्था थियो।
एन्फाले बढीमा २ लाख मूल्यमा ए श्रेणीका २८ खेलाडी उपलब्ध गराएको थियो।
त्यस्तै, ६३ खेलाडी उपलब्ध भएको बी श्रेणीका खेलाडीको आधार रकम ५० हजार छ। उनीहरुलाई कुनै पनि क्लबले अधिकतम मूल्य एक लाख २० हजारसम्म खर्च गर्न पाउने व्यवस्था थियो।
सी श्रेणीमा उपलब्ध ५८ खेलाडीको आधार मूल्य २० हजार थियो। उनीहरु अधिकतम ७५ हजारसम्म बिकेका छन्। अक्सनमा एउटा क्लबले अधिकतम १५ लाख ५० हजारसम्म खर्च गर्न पाइने व्यवस्था थियो।
यस्ता बने टिम
विराटनगर सिटी फुटबल क्लब : रन्जित धिमाल (मार्की)
अशोक थापा (५० हजार), किशोर गिरि (६५ हजार), बिक्रम धिमाल (७५ हजार), सरोज दाहाल (१ लाख), सुनिल बल (२ लाख), सुरज ज्यु ठकुरी(६० हजार), विजय धिमाल (एक लाख २० हजार), सूर्य अधिकारी(७५ हजार), सन्तोष तामाङ (एक लाख), हेम तामाङ (एक लाख २० हजार), सुसिल लामा (२० हजार), सुनिल खड्का (२० हजार), निरकुमार राई (५० हजार) र दिपक राई (५० हजार)
खर्च : ११ लाख ५ हजार
बचत : चार लाख ४५ हजार
काठमाडौं रेजर्स फुटबल क्लब : विकेश कुथू (मार्की खेलाडी)
तेज तामाङ (२ लाख), आशिष गुरुङ (७० हजार), संजोग राई (एक लाख), त्रिदेव गुरुङ, सन्दिप शिखाकार (५० हजार), राजन गुरुङ (५० हजार), विनय श्रेष्ठ (५० हजार), रुमेश बर्तौला (६० हजार), पृथ्वी चौधरी (२० हजार), विश्वास श्रेष्ठ (एक लाख २० हजार) अन्जन राई (२० हजार), सुदिल राई (६५ हजार), विमल पाण्डे (७५ हजार), प्रिजेन तामाङ (५० हजार)
खर्च : १० लाख ३० हजार
बचत : ५ लाख २० हजार
ललितपुर सिटी फुटबल क्लब : अन्जन विष्ट (मार्की)
विनोद गुरुङ (२० हजार), कमल श्रेष्ठ (एक लाख २० हजार), प्रवेश दनुवार (एक लाख २० हजार), मिक्छेन तामाङ (एक लाख २० हजार), नविन लामा (७५ हजार) एरिक विष्ट (दुई लाख), विमल राना (एक लाख २० हजार), रोहित कार्की (२० हजार), संन्यज योन्जन लामा (२० हजार), रन्जन विस्ट (५० हजार), निरोज बस्नेत (७५ हजार), पासाङ लामा (एक लाख), गौरव बुढाथोकी (७५ हजार), अर्पण कार्की (एक लाख)
खर्च : १२ लाख १५ हजार
बचत : तीन लाख ३५ हजार
एफसी चितवन : भरत खवास (मार्की)
रोमन रसाइली (५० हजार), विसाल सुनुवार (दुई लाख), विकास तामाङ (एक लाख), शिशिर लेखी (५० हजार), कुलदीप कार्की (एक लाख २० हजार), मनिष थापा (७५ हजार), रुप बहादुर लामा (७५ हजार), अमित तामाङ (५० हजार), विकास खवास (दुई लाख), सिमान्त थापा (२० हजार), विश्व अधिकारी (२० हजार), राजिव लोप्चन (५० हजार), टेक बुढाथोकी (एक लाख २० हजार), विवश चौधरी (२० हजार)
खर्च : ११ लाख ५० हजार
बचत : चार लाख
पोखरा थन्डर्स : नवयुग श्रेष्ठ (मार्की)
अजित भण्डारी (१ लाख), अनिल गुरुङ (७० हजार), प्रविन कुमार स्याङ्तिन (६० हजार), मान बहादुर तामाङ (५० हजार), दिप कार्की (दुई लाख), दिपक गुरुङ (एक लाख २० हजार), अजित प्रजापति (५० हजार), साहिल राई (२० हजार), सुजल श्रेष्ठ (दुई लाख), नितिन थापा (एक लाख २० हजार), राजेश परियार (एक लाख २० हजार), सुरज गुरुङ (२० हजार) र सुजित बुढाथोकी (२० हजार)
खर्च : १२ लाख २५ हजार
बचत : ३ लाख २५ हजार
बुटवल लुम्बिनी एफसी
लक्ष्मण रुचाल (५० हजार), सुरज बिके (एक लाख), रबिन श्रष्ठ (एक लाख २० हजार), शत्रुधन चौधरी (२० हजार), शेसेहाङ आङदम्बे (एक लाख ३० हजार), मान बहादुर परियार (५० हजार), रवी थापा मगर (५० हजार), अमिर श्रेष्ठ (एक लाख २० हजार), अनिल मान महर्जन (५० हजार), आशिष लामा (एक लाख), चेतन कुमार थारु (२० हजार), सुमन लामा (५० हजार), जय गुरुङ (५० हजार), रन्दीप पौडेल (५० हजार)
खर्च : ९ लाख ६० हजार
बचत : ५ लाख ९० हजार
धनगढी एफसी : विशाल राई (मार्की)
सौजन राई (२० हजार), रुपेश केसी (१ लाख २० हजार), विजय श्रेष्ठ (२० हजार), योगेश गुरुङ (५० हजार), युद्ध साही (७५ हजार), निरन्जन महर्जन (२० हजार), विवेक बस्नेत (एक लाख २० हजार), निशाख खड्का (एक लाख), टंक बस्नेत (५० हजार), अशोक खवास (७५ हजार), दिनेश राजवंशी (दुई लाख), टेकेन्द्र तामाङ (५० हजार), पुजन उपरकोटी (एक लाख २० हजार), दर्शन गुरुङ (एक लाख)
खर्च : ११ लाख २० हजार
बचत : ४ लाख ३० हजार