शुक्रबार, असार २६, २०८३

सुपर लिग अक्सन : २ लाखमा बिक्री भए यी ८ खेलाडी 

नेपाल सुपर लिगको आज सम्पन्न अक्सनको सबैभन्दा ठूलो मूल्य हो दुई लाख। 
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं- नेपाल सुपर लिगको आज सम्पन्न अक्सनको सबैभन्दा ठूलो मूल्य हो दुई लाख। 

दुई लाखभन्दा धेरै मूल्य लागाएर कुनै टिमले ए श्रेणीको खेलाडी अक्सनबाट किन्न पाउने छैनन्। एन्फाको टेक्निकल कमिटिले उपलब्ध गराएको वर्गीकरणअनुसार अक्सनमा आएका २८ खेलाडीमध्ये ८ खेलाडी सर्वाधिक दुई लाखमा बिक्री भएका छन्।

राष्ट्रिय टिमका खेलाडी तेज तामाङ सर्वाधिक मूल्यमा काठमाडौं रेजर्समा अनुबन्ध भए। 

उनलाई सातमध्ये ६ टिमले दुई लाख बोली लगाएका थिए। यसकारण गोलाप्रथाबाट उनी काठमाडौंमा अनुबन्ध भए।

त्यस्तै, विशाल सुनुवार सर्वाधिक मूल्यमा चितवन फुबटबल क्लबले किनेको छ। दीप कार्की सर्वाधिक मूल्यमा पोखरा थन्डर्समा अनुबन्ध भएका छन्।

त्यस्तै, सुनिल बल पनि ठूलो मूल्यमा विराटनगरमा अनुबन्ध भए। तेज तामाङलाई अक्सनबाट सर्वाधिक मूल्यमा काडमाडौं रेजर्सले लिएको छ।

एरिक विस्ट ललितपुरमा दुई लाखमै बिक्री भए। सुजल श्रेष्ठ र दिनेश राजवंशी पनि सर्वाधिक मूल्यमा विक्रि भए। सुजललाई पोखराले लिएको छ।

प्रकाशित: Mar 19, 2021| 11:40 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।