शुक्रबार, असार २६, २०८३

एनएसएल अक्सन : अधिकतम मूल्यमा जाने यी तीन खेलाडी

एन्फाको टेक्निकल कमिटीले उपलब्ध गराएको वर्गीकरणअनुसार अक्सनमा आएका ए श्रेणीका २८ खेलाडीमध्ये अहिलेसम्म तीन खेलाडी सर्वाधिक दुई लाखमा बिक्री भएका छन्।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं - नेपाल सुपर लिगको आज जारी अक्सनको सबैभन्दा ठूलो मूल्य हो दुई लाख। 

दुई लाखभन्दा धेरै मूल्य लगाएर कुनै टिमले ‘ए’ श्रेणीको खेलाडी अक्सनबाट किन्न पाउने छैन।

त्यस्तै ‘बी’ श्रेणीका खेलाडीको आधार रकम ५० हजार छ। उनीहरूलाई कुनै पनि क्लबले अधिकतम मूल्य एक लाख २० हजारसम्म खर्च गर्न पाउने छन्।

सी श्रेणीमा रहेका खेलाडीको आधार मूल्य २० हजार छ। उनीहरू अधिकतम ७५ हजारसम्म बिकेका छन्। 

अक्सनमा एउटा क्लबले अधिकतम १५ लाखसम्म खर्च गर्न पाउने छ।

एन्फाको टेक्निकल कमिटीले उपलब्ध गराएको वर्गीकरणअनुसार अक्सनमा आएका ए श्रेणीका २८ खेलाडीमध्ये अहिलेसम्म तीन खेलाडी सर्वाधिक दुई लाखमा बिक्री भएका छन्।

राष्ट्रिय टिमका खेलाडी तेज तामाङ सर्वाधिक मूल्यमा काठमाडौं रेजर्समा अनुबन्ध भएका छन्। 

उनलाई सातमध्ये ६ टिमले दुई लाख बोली लगाएका थिए। 

यसकारण गोलाप्रथाबाट उनी काठमाडौंमा अनुबन्ध भए। 

त्यस्तै सर्वाधिक मूल्यमा विशाल सुनुवार चितवन फुटबल क्लब र दीप कार्की पोखरा थन्डर्समा अनुबन्ध भएका छन्।

प्रकाशित: Mar 19, 2021| 07:32 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।