शुक्रबार, असार २६, २०८३

सुपर लिगको अक्सन आज हुँदै

आउँदो वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल)को अक्सन आज हुँदैछ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं - आउँदो वैशाख ११ देखि २५ गतेसम्म दशरथ रंगशालामा हुने नेपाल सुपर लिग (एनएसएल)को अक्सन आज हुँदैछ।

काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुने अक्सन अपरान्ह ४ बजे सकिने छ।

एनएसएल नेपालको पहिलो फुटबल फ्रेन्चाइज लिग हो। 

स्पोर्ट्स इभेन्टस् एन्ड म्यानेज्मेन्ट प्रालिले आयोजना गरेको पहिलो फुटबल फ्रेन्चाइज लिगको अक्सनमा १५८ खेलाडी सहभागी छन्।

उनीहरूलाई एन्फाको टेक्निकल कमिटीले ए, बी र सी गरी तीन श्रेणीमा छुट्याएको छ। 

ए श्रेणीमा २८, बी श्रेणीमा ६३ र सी श्रेणीमा ५८ खेलाडी छन्। 

ए श्रेणीको खेलाडीको मूल्य न्यूनतम दुई लाख छ।

सुपर लिगको पहिलो संस्करणमा देशभरका सात सहरका सात टिमको सहभागिता रहने छ। राउन्ड रोबिनका आधारमा हुने प्रतियोगिताका कुल २५ खेल हुनेछन्।

पाँच प्रदेशका सात सहरमा विराटनगर, काठमाडौं, ललितपुर, चितवन, पोखरा, बुटवल, लुम्बिनी र धनगढी छन्। 

यी सबै फुटबल क्लबहरूमध्ये मार्की खेलाडी घोषणा गर्ने धनगढी पहिलो क्लब हो।

लिगमा एक फ्रेन्चाइज क्लबले बढीमा २० खेलाडी राख्न पाउने छ। जसमा तीन विदेशी, एक मार्की, दुई स्थानीय र बाँकी १४ खेलाडी अक्सनबाट अनुबन्ध हुनेछन्।

प्रकाशित: Mar 19, 2021| 03:52 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।