शुक्रबार, असार २६, २०८३

युनाइटेड युरोपा लिगको क्वार्टरफाइनलमा, बाहिरियो टोटेनहम

दुई लेगको खेलमा इटालियन क्लब एसी मिलानसँग संघर्षपूर्ण जित निकाल्दै प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ।
 |  शुक्रबार, चैत ६, २०७७

नेपाल समय

नेपाल समय

शुक्रबार, चैत ६, २०७७

काठमाडौं - दुई लेगको खेलमा इटालियन क्लब एसी मिलानसँग संघर्षपूर्ण जित निकाल्दै प्रिमियर क्लब म्यानचेस्टर युनाइटेड युरोपा लिगको अन्तिम आठमा प्रवेश गरेको छ।

बिहीबार राति सम्पन्न खेलमा युनाइटेडले एसी मिलानलाई १–० गोलले पराजित गरेको थियो। 

पहिलो हाफ गोलरहित बराबरी भएको खेलको ४८ औं मिनेटमा गोल गर्दै पोग्वाले युनाइटेडलाई जित दिलाए।

युनाइटेडको मैदानमा भएको पहिलो लेगको खेल भने १–१ गोलको बराबरीमा रोकिएको थियो। 

दोस्रो लेगको खेलसँगै समग्रमा २–१ गोलको नतिजाका साथ युनाइटेडले जित निकालेको हो।

बिहीबार रातिको अर्को खेलमा उपाधि दाबेदार टोटेनहम हट्स्पर डायनामो जेरेभसँग पराजित हुँदै प्रतियोगिताबाट बाहिरिएको छ।

पहिलो लेगको खेलमा २–० गोलको सहज जित निकालेको टोटेनहम दोस्रो लेगको खेलमा ३–० गोलले पराजित हुँदै समग्रमा ३–२ गोलअन्तरको हारका साथ लिगबाट बाहिरिएको हो।

त्यस्तै अर्को प्रिमियर लिग क्लब आर्सनलले ओलम्पिकाओसलाई हराउँदै अन्तिम आठमा प्रवेश गरेको हो।

पहिलो लेगमा ३–१ गोलको जित निकालेर दोस्रोमा १–० गोलको हार बेहोरे पनि ३–२ गोलको समग्र अग्रताका साथ उसले जित निकालेको हो।

यससँगै ओलम्पिकाओस युरोपा लिगबाट बाहिरिएको हो।

प्रकाशित: Mar 19, 2021| 02:41 शुक्रबार, चैत ६, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।