शुक्रबार, असार २६, २०८३

नेपाल आइपुग्यो त्रिदेशीय सिरिज खेल्ने बंगलादेशी टोली

यही चैत ११ बाट सुरु हुने नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल कप २०२१ खेल्नका लागि बंगलादेशको राष्ट्रिय टिम नेपाल आइपुगेको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– यही चैत ११ बाट सुरु हुने नेपाल, बंगलादेश र किर्गिस्तान सम्मिलित त्रिदेशीय फुटबल कप २०२१ खेल्नका लागि बंगलादेशको राष्ट्रिय टिम नेपाल आइपुगेको छ।

अखिल नेपाल फुटबल संघ(एन्फा)का अनुसार बंगलादेशको टिम आज दिउँसो चार बजे काठमाडौंको त्रिभुवन विमानस्थलमा ओर्लिएको हो। 

बंगलादेशी टिमलाई एन्फाका उपाध्यक्ष शिक्षित पराजुलीले स्वागत गरेका थिए। संघले पाहुना टिम बंगलादेशलाई नेपाल भ्रमणका दौरान सोल्टी होटेलमा राख्ने बताएको छ।

एन्फाका प्रवक्ता किरण राईले भने, ‘किर्गिस्तानको टिम मार्च २१ मा आउनेछ। दुवै टिमको कोरोना टेस्टपछि नेगेटिभ आएका खेलाडीलाई खेलमा सहभागी गराउने छौं।’

१० गतेबाट सुरु हुने प्रतियोगिताको पहिलो दिन दुवै पाहुना टिम किर्गिस्तान र बंगलादेशले प्रतिस्पर्धा गर्नेछन्। नेपालले १२ र १४ गते क्रमशः किर्गिस्तान र पाकिस्तानसँग प्रतिस्पर्धा गर्नेछ।

तीन खेलबाट शीर्ष दुईमा पर्ने टिमले फाइनलमा प्रतिस्पर्धा गर्नेछ र जित्ने टिमले पाँच हजार अमेरिकी डलर पुरस्कार पाउनेछ।
 

प्रकाशित: Mar 18, 2021| 14:02 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।