शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सुपर लिग : काठमाडौं रेजर्सका मार्की विकेश कुथू, प्रशिक्षक बालगोपाल

सुपर लिग : काठमाडौं रेजर्सका मार्की विकेश कुथू, प्रशिक्षक बालगोपाल

नेपाल सुपर लिग (एनएसएल) मा सम्मिलित फ्रेन्चाइज क्लब काठमाडौं रेजर्सले राष्ट्रिय फुटबल टिमका गोलकिपर विकेश कुथूलाई मार्की प्लेयर बनाएको छ। 
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं- नेपाल सुपर लिग (एनएसएल) मा सम्मिलित फ्रेन्चाइज क्लब काठमाडौं रेजर्सले राष्ट्रिय फुटबल टिमका गोलकिपर विकेश कुथूलाई मार्की प्लेयर बनाएको छ। 

उसले आज ललितपुरमा एक कार्यक्रम गर्दै क्लबको मार्की खेलाडी घोषणा गरेको हो। कुथू बंगबन्धु गोल्डकपमा उत्कृष्ट गोलकिपर घोषित भएका थिए। उनले विभिन्न पाँच ए डिभिजन क्लबबाट सहिद स्मारक लिग खेलिसकेका छन्।
त्यस्तै उनले ७ गोलकिपर अवार्ड पाइसकेका छन्। 

त्यस्तै, राष्ट्रिय फुटबल टिमका प्रशिक्षक बालगोपाल महर्जन क्लबको प्रशिक्षक रहने भएका छन्। 

काठमाडौं क्लबका कार्यकारी निर्देशक विज्ञान राज शर्माले आफ्नो टिमलाई राम्रो बनाउने बताएका छन््। उनले भने, ‘नेपालको फुटबलाई व्यवसायीकरण गर्ने अवसर प्राप्त भएको छ। मलाई काठमाडौंको टिम सम्हाल्ने जिम्मेवारी प्राप्त भएको छ। हामी राम्रो टिम बनाउन कोसिस गर्नेछौं।’

बालगोपालले एनएसएल नेपाली फुटबलको कोसेढुंगा साबित हुनेमा आशावादी रहेको बताए।
प्रशिक्षक बालगोपाल महर्जनले भने, ‘आफ्नै टिमको कोच हुन पाएको छु। गर्व गर्न लायक टिम छ। मार्की खेलाडी बिकेस एकदमै राम्रा खेलाडी हुन्।’

उनले थपे, ‘मेरो तर्फबाट पूर्ण सहयोग गर्नेछु। धेरैपछि फुटबलसँग सम्बन्धित राम्रो काम भएको छ। यसले फुटबल विकासमा राम्रो भूमिका खेल्न सकोस्।’

उनी राष्ट्रिय टिमको प्रशिक्षक भएका कारणले लिगमा आबद्ध नगर्ने बताएका छन्। उनले आउँदो चैत १०–१६ मा हुने थ्री नेसन्स कपपछि क्लब सम्हाल्ने बताए।

कोथूले भने, ‘एकदमै खुसी छु। पहिलो पल्ट हुन लागेको फ्रेन्चाइज लिगले सबै खेलाडी हर्षित भएका छौं। यो आगामी वर्ष पनि हुँदै जाओस्।’

यसअघि नै धनगढी क्लबले विशाल राई, ललितपुर एफसीले अन्जन बिष्ट र चितवन क्लबले भरत खवसालाई मार्की खेलाडीका रुपमा अनुबन्ध गरिसकेका छन्।

प्रतियोगिताको अक्सन भोलि शुक्रबार हुनेछ। अक्सनमा जाने १५८ जना खेलाडीलाई ए, बी र सी श्रेणीमा वर्गीकरण गरेर एन्फाले लिस्ट सार्वजनिक गरेको छ।
जारी गरेको लिस्टको ए श्रेणीमा ३५, बी मा ६५ र सीमा ५८ खेलाडी छन्।
 

प्रकाशित: Mar 18, 2021| 11:16 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।