शनिबार, फागुन ३०, २०८२

त्रिदेशीय कपमा एन्फाले सबै टिकट नबेच्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको नेपाल बंगलादेश किर्गिस्तान सम्मिलित त्रिदेशीय सिरिजको तयारी पुरा भएको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं- अखिल नेपाल फुटबल संघ (एन्फा) ले आयोजना गरेको नेपाल बंगलादेश किर्गिस्तान सम्मिलित त्रिदेशीय सिरिजको तयारी पुरा भएको छ।

National life

एन्फाले आज (बिहीबार) काठमाडौंमा एक पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको तयारी पुरा भएको बताएको हो।

आगामी चैत १० गतेबाट १६ गतेसम्म दशरथ रंगशालामा हुने प्रतियोगितामा चार खेल हुनेछन्। कोभिड–१९ को सुरक्षा मापदण्ड अपनाउँदै प्रतियोगितामा एन्फाले ३ हजार टिकट नबेच्ने बताएको छ।

‘साधारणतर्फ दश हजार पाँच सय र भीआईतर्फ १ हजार ५०० गरी हामीले १२ हजार टिकट बेच्ने सोचेका छौँ,’ रंगशालाको क्षमता १५ हजार रहेको बताउँदै एन्फा प्रवक्त किरण राईले भने, ‘सामाजिक दूरी कायम होस् भनेर यसो गरेका हौँ।’
एन्फाले प्रतियोगिताको लागि मूख्य आम्दानीको स्रोत नै टिकट रहेको बताएको छ। आयोजकले साधारणतर्फ ७०० र भीआईपीको लागि १५ सय टिकट शूल्क निर्धारण गरेको छ।

प्रतियोगिताबाट १ करोड ५० लाख आम्दानी हुने र १ करोड खर्च हुने एन्फाले बताएको छ। विजेता टिमले ५ हजार डलर, उपविजेताले ३ हजार डलर पुरस्कार पाउनेछ।

Laxmi sunrise bank
kumari

त्यस्तै, हरेक खेलको प्लेयर अफ दि म्याचले २५० डलर र मोस्ट भ्यालूएबल प्लेयरले ५०० डलर प्राप्त गर्नेछ। 
आज आईपुग्ने बंगलादेशी टिम र २१ मार्चमा आइपुग्ने किर्गिस्तानको यू–२३ टिमलाई एन्फाले सोल्टी होटेलमा राख्ने व्यवस्था मिलाएको छ। 

उद्घाटन खेलमा पाहुना टिम किर्गिस्तानको ओलम्पिक फुटबल टिमले बंगलादेशको राष्ट्रिय टिमसँग प्रतिस्पर्धा गर्नेछ।
फिफा विश्व वरियताअनुसार नेपालको स्थान १६२ छ भने बंगलादेश १९२ औँ स्थानमा छ। त्यस्तै, किर्गिस्ताको राष्ट्रिय टोलीको वरियता ९१ छ। किर्गिस्तानको ओलम्पिक टिम मात्र नेपाल आउनेछ।

प्रकाशित: Mar 18, 2021| 09:53 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।