सोमबार, जेठ १८, २०८३
  • गृहपृष्ठ
  • प्रदेश
  • विराटनगरको गोल्डेन अस्पताल तोडफोड, कर्मचारी र सुरक्षागार्डमाथि कुटपिट

विराटनगरको गोल्डेन अस्पताल तोडफोड, कर्मचारी र सुरक्षागार्डमाथि कुटपिट

मोरङको धनपालथान गाउँपालिका-६ कदमाहाका एक बिरामीको मृत्यु भएको विषयलाई लिएर विराटनगरको गोल्डेल अस्पतालमा तोडफोड गरिएको छ।
 |  मंगलबार, साउन १९, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, साउन १९, २०७८

विराटनगर- मोरङको धनपालथान गाउँपालिका-६ कदमाहाका एक बिरामीको मृत्यु भएको विषयलाई लिएर विराटनगरको गोल्डेल अस्पतालमा तोडफोड गरिएको छ। ६७ वर्षीय अहमद हुसेनको मृत्युपछि आक्रोसित बनेका आफन्त र परिवारका सदस्यले अस्पतालका कर्मचारी एवं सुरक्षागार्डमाथि कुटपिट गरेका हुन्। मध्यरातमा अस्पतालको काउण्टरमा तोडफोडसमेत भएको प्रहरीले जनाएको छ। तोडफोडबाट काउण्टरको झ्यालका सिसा फुटेका छन्। 

National life

कुटपिट र तोडफोडमा संलग्न सात जनालाई पक्राउ गरेर घटना बारे थप अनुसन्धान सुरु गरिएको मोरङ प्रहरीका प्रवक्ता डिएसपी दीपक श्रेष्ठले बताए। उनका अनुसार धनपालथान-६ का ३४ वर्षीय मोहमद आजाद, ३३ वर्षीय मोहमद अख्तर, ३० वर्षीय मोहमद साजद, २३ वर्षीय मोहमद जुवेर, ३८ वर्षीय नारायण सहनी, ३६ वर्षीय मोहमद इरसाद र २० वर्षीय मोहमद सुवेरलाई पक्राउ गरिएको हो।

चिकित्सकको लापरबाहीका कारण बिरामीको मृत्यु भएको भन्दै २५/३० जनाको सङ्ख्यामा रहेको समूह मध्यराति १०:१५ बजेतिर तोडफोड र कुटपिटमा उत्रिएको उनको भनाइ छ। उनका अनुसार आक्रोसित भीडलाई रोक्न र सम्झाईबुझाई गर्न खोज्दा कर्मचारी तथा सुरक्षागार्डमाथि कुटपिट भएको हो।

मृतकको शव भने अस्पतालमै छ। शव बुझ्न कोही पनि आफन्त नआएको अस्पतालका प्रशासकीय अधिृकत मेहताले बताए। मृतकका आफन्तले शल्यक्रियामा कमजोरी गर्ने चिकित्सकलाई कारबाही हुनुपर्ने र पीडित परिवारलाई क्षतिपूर्ति दिइनुपर्ने माग गरेका छन्। 

मलद्वारमा पिलो (घाउ) रहेका धनपालथान-६ का हुसेनलाई उपचारका लागि सोमबार बिहान परिवारका सदस्यले अस्पताल भर्ना गरेका थिए। सर्जन डा. सरोज राजवंशीको टोलीले साँझ ७ बजेतिर पिलोको शल्यक्रिया गरेको गोल्डेन अस्पतालका प्रशासकीय अधिकृत सन्तोष मेहताले बताए। उनका अनुसार शल्यक्रियापछि भेन्टिलेटरमा राखिएका हुसेनको राति १० बजेतिर मृत्यु भएको हो। त्यसको केही बेरमै हुलदङ्गा र तोडफोड हुँदा अस्पतालको अवस्था तनावग्रस्त बनेको मेहताले बताए। 

Shivam cement

विरामीमा मधुमेह र न्यून रक्तचापको पुरानै समस्या पनि रहेको अस्पतालले जनाएको छ। मलद्वारको घाउका कारण बढ्दो सङ्क्रमणसँगै शरीरका भित्री अङ्ग निस्कृय हुँदा ‘मल्टिपल अग्र्यान फेलर’ भएर बिरामीको मृत्यु भएको मेहताको भनाइ छ।

प्रकाशित: Aug 03, 2021| 10:08 मंगलबार, साउन १९, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

कोसी प्रदेशमा आज सार्वजनिक बिदा

देश–१ को नाम कोसी कायम भएपछि उक्त प्रदेशमा आज सार्वजनिक बिदा दिइने भएको छ।

प्रदेश १ को नाम कोशी राख्न एमालेद्वारा प्रस्ताव दर्ता

प्रदेश १ को नाम कोशी राख्नका लागि सत्तारुढ नेकपा एमालेले प्रदेशसभामा प्रस्ताव दर्ता गरेको छ। 

प्रदेश १ ले आज नाम पाउँदै, कोशी हुने सम्भावना

प्रदेश १ ले बुधबार नाम पाउने भएको छ। आज बस्ने प्रदेशसभा बैठकमा नामकरण सम्बन्धि प्रस्ताव पेश हुने कार्यसूची रहेको हो। 

बागमतीबाट पनि बाहिरियो राप्रपा

हिजोमात्रै राप्रपाले प्रचण्ड सरकारबाट बाहिरिँदै समर्थन पनि फिर्ता लिएको थियो।

म्याग्दीका असला: पारखीलाई पुर्‍याउनै मुस्किल

प्राकृतिक चिकित्सालयका रूपमा परिचित तातोपानी बजार पछिल्लो समय म्याग्दी नदीको चिसो पानीमा हुर्किएका असला माछाको पारखीहरूका लागि गन्तव्यको रूपमा विकास भएको हो।