आइतबार, चैत १, २०८२

धनगढी क्लबका प्रशिक्षकमा नाइजेरियाका तेफु फुजा

धनगढी फुटबल क्लब अब नाइजेरियन प्रशिक्षक तेफु अयोडेजु फुजाले सम्हाल्ने भएका छन्।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं – पहिलो फुटबल फ्रेन्चाइज लिगअन्तर्गतको धनगढी फुटबल क्लब अब नाइजेरियन प्रशिक्षक तेफु अयोडेजु फुजाले सम्हाल्ने भएका छन्।

National life

नेपाली घरेलु लिगका सफल र परिचित प्रशिक्षक फुजाले यसअघि मछिन्द्र फुटबल क्लब, मनाङ मर्स्याङ्ग्दी क्लबमा प्रशिक्षण गराइसकेका छन्।

उनले सन् २००५ मा मलेसियाको सवाह एफसीबाट सहायक प्रशिक्षकका रुपमा प्रशिक्षण सुरु गरेका थिए।

२००६ देखि सहिद स्मारक ए डिभिजन लिगमा डेब्यू गरेका उनले पहिलोपटक मछिन्द्र क्लबका खेलाडीलाई प्रशिक्षण दिएका थिए।

उनीसँग भारतको सिमला योङ, मुम्बई युनाइटेड, पियरलेस, हिन्दुस्तान एफसी, टलिगन्ज अग्रगामी, मोहम्मडन स्पोटिङ र चेन्नाई एफसीको टिममा प्रशिक्षण दिएको अनुभव छ।

Laxmi sunrise bank
kumari

फुजाले २०७५ मा मनाङलाई लिग जिताएका थिए। तर २०७६ को सिजनमा भने उनले टोलीलाई तेस्रो स्थानभन्दा माथि लान सकेनन्।

वैशाख ११ बाट सुरु हुने एनएसएलमा सहभागी सात टिममध्ये सुदूरपश्चिमको क्लब हो धनगढी। यो क्लब सुदूरपश्चिम एकेडेमी र धनगढी क्रिकेट एकेडेमीको मातहतमा रहनेछ। फुटबल क्लबमध्ये मार्की खेलाडी घोषणाा गर्ने धनगढी पहिलो क्लब हो।

नेपाल सुपर लिगको पहिलो संस्करणमा देशभरका सात सहरका सात टिमको सहभागिता रहनेछ। टोलीमा विराटनगर, काठमाडौं, ललितपुर, चितवन, पोखरा, बुटबल, लुम्बिनी र धनगढी छन्। 

लिगमा एक फ्रेन्चाइज क्लबले बढीमा २० खेलाडी राख्न पाउनेछ। जसमा तीन विदेशी, एक मार्की, दुई स्थानी र बाँकी १४ खेलाडी अक्सनबाट अनुबन्ध हुनेछन्। 

प्रतियोगितामा सहभागी खेलाडीको लिलामी आगामी चैत ६ गते हुनेछ।

प्रकाशित: Mar 18, 2021| 07:51 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।