शुक्रबार, असार २६, २०८३

एम्बाप्पेको दोहोरो गोलसँगै पीएसजीको जित

फ्रेन्च कपको बुधबार राति सम्पन्न खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी) फरवार्ड केलियन एम्बाप्पेले दोहोरो गोल गरेका छन्।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– फ्रेन्च कपको बुधबार राति सम्पन्न खेलमा साविक विजेता पेरिस सेन्ट जर्मेन(पीएसजी) फरवार्ड केलियन एम्बाप्पेले दोहोरो गोल गरेका छन्।

एम्बाप्पेको गोलसँगै लिग वान लिडर लिल्ललाई ३–० गोलले हराउँदै पीएसजी फ्रेन्च कपको क्वार्टरफाइनलमा पुगेको छ।

एम्बाप्पेको गोलअघि माउरो इकार्डीले गोल गर्दै पीएसजीलाई सुरुआति अग्रता दिलाएका थिए। उनले खेलको नवौं मिनेटमै गोल गरे।

खेलको ४१ औं मिनेटमा पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै एम्बाप्पेले व्यक्तिगत पहिलो गोल गरे। उनले दोस्रो गोल दोस्रो हाफको इन्ज्युरी समयमा गर्दै पीएसजीलाई ३–० गोलको अग्रता दिलाए।

तर खेलको ७८ औं मिनेटमा युसुफ याजिसीले पेनाल्टीको अवसर सदुपयोग गर्न नसकेपछि लिल्लले कुनै गोल गर्न सकेन। उसले पीएसजीको पोस्टमा गरेको तीन प्रहार पनि पीएसजीका किप नभासले सहजै रोकिदिएका थिए।

यससँगै लिल्ल प्रतियोगिताबाट बाहिरिएको छ। फ्रेन्च कपमा राउन्ड अफ १६ का बाँकी खेल अप्रिलमा हुनेछ।
 

प्रकाशित: Mar 18, 2021| 02:24 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।