शुक्रबार, असार २६, २०८३

च्याम्पियन्स लिगमा बायर्नको दबदबा कायमै

रोबर्ट लेवान्डोस्कीको गोलसँगै डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा आफ्नोे दबदबा कायम राखेको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– रोबर्ट लेवान्डोस्कीको गोलसँगै डिफेन्डिङ च्याम्पियन बायर्न म्युनिखले च्याम्पियन्स लिगमा आफ्नोे दबदबा कायम राखेको छ। बुधबार राति इटालियन क्लब लाजियोलाई आतिथ्यता प्रदान गरेको बायर्नले पाहुना टिमलाई २–१ गोलले हराएको थियो।

यसअघि पहिलो लेगको खेलमा ४–१ गोलको जित निकालेको बायर्नले दोस्रो लेगको खेलमा पनि सहज जित निकालेको हो।

फरवार्ड रोवर्ट लेवान्डोस्कीले ३३ औं मिनेटमा पेनाल्टीमार्फत गोेल गरेर गएराति घरेलु टिमलाई अग्रता दिलाएका थिए। यससँगै पहिलो हाफमा एक गोलले अघि रहेको बायर्नले दोस्रो हाफको ७३ औं मिनेटमा अर्को गोल थप्यो। यसपटक चोपो मोटिङ एन्ड्रेस पियरेराको पासमा गोल गरे।

पाहुना टिम लाजियाका मार्को पारलोले ८२ औं मिनेटमा एक गोल फर्काएपछि दुवै लेगको खेलको समग्र नतिजा ६–२ भएको थियो।

बलियो गोलअन्तरका साथ जित निकालेको बायर्नले लगातार १९ औं पटक च्याम्पियन्स लिगको अन्तिम आठमा प्रवेश पाएको हो। साथै बायर्न च्याम्पियन्स लिगको पछिल्ला १९ खेलमा अपराजित छ। उसले २००१ र २००२ मा बनाएको लगातार अपाराजितको रेकर्डसँग बराबरी गरेको छ।

गएरातिको जितपछि बायर्नका प्रशिक्षक हान्सि फ्लिकले भने, ‘लाजियोलाई परास्त गर्न सकियो तर हामीले एक गोल खान पुग्यौँ। यो हाम्रो लागि नराम्रो कुरा हो। हाम्रो आक्रामक शैलि निकै उत्कृष्ट छ र हामी चुनौतिले भरिएको खेल खेल्न मन पराउँछौं।’

गएरातिको दुई खेलसँगै च्याम्पियन्स लिगको अन्तिम १६ को खेल पूरा भएको छ। अब अघिल्लो चरणमा पुग्ने टिमहरुमा इंग्लिस क्लब चेल्सी, म्यानचेस्टर सिटी र लिभरपुल छन्।

त्यस्तै, जर्मन क्लब बोरुसिया डर्टमन्ड र बायर्न छन्। त्यस्तै फ्रेन्च क्लब पीएसजी, पोर्चुगिज क्लब पोर्टो र स्पेनिस क्लब रियल मड्रिडले पनि अन्तिम आठमा स्थान पक्का गरेका छन्।

अब क्वार्टरफाइनलको ड्र शुक्रबार सार्वजनिक हुनेछ। 
 

प्रकाशित: Mar 18, 2021| 01:44 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।