शुक्रबार, असार २६, २०८३

सात वर्षपछि चेल्सी च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा

प्रिमियर क्लब चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ।
 |  बिहीबार, चैत ५, २०७७

नेपाल समय

नेपाल समय

बिहीबार, चैत ५, २०७७

काठमाडौं– प्रिमियर क्लब चेल्सी सात वर्षपछि च्याम्पियन्स लिगको क्वार्टरफाइनलमा पुगेको छ। स्पेनिस क्लब एथ्लेटिकोविरुद्ध पहिलो लेगमा १–० गोलको जित निकालेको चेल्सी दोस्रो लेगको खेलमा २–० गोलको जितका साथ अन्तिम आठमा प्रवेश गरेको हो।

चेल्सीको स्ट्यामफर्ड ब्रिज रंगशालामा बुधबार राति सम्पन्न खेलमा चेल्सीको जितका लागि हाकिमी जियाच र इमर्सन पलमेरिले समान १–१ गोल गरे।

टिमो वार्नरले दिएको पासको सदुपयोग गर्दै जियाचले पहिलो हाफको ३४ औं मिनेटमा गोल गर्दै खेलमा दबाब बनाएका थिए। दबाबलाई लामो समय कायम गर्न सकेको चेल्सीले अन्तिम मिनेटमा क्रिस्टियन पुलिसिकको पासमा इमर्सनले गोल गरेपछि जित निकालेको थियो।

पहिलो लेगेको एक गोलको अग्रतासहित चेल्सीले समग्रमा ३–० गोलको जित निकाल्दै दुवै खेलमा क्लिन सिटसमेत राखेको छ। यो जितसँगै चेल्सी पछिल्ला १३ खेलमा अपराजित छ। 

गएरातिको खेलमा चेल्सीले दोस्रो गोल गर्नु अगावै एथ्लेटिकोका सेभिक रातो कार्ड खाँदै बाहिरिएका थिए। खेलाडी बाहिरिएपछि थप दबाबका आएको ला लिगा लिडर एथ्लेटिको दुवै खेलमा हार बेहोर्दै च्याम्पियन्स लिगबाट बाहिरिएको छ।

यससँगै ला लिगाबाट अब रियल मड्रिड मात्र च्याम्पियन्स लिगमा कायम छ। त्यस्तै प्रिमियर लिगबाट लिभरपुल, म्यानचेस्टर सिटीसँग चेल्सीसमेत गरी तीन टिम कायम छन्।
 

प्रकाशित: Mar 18, 2021| 01:15 बिहीबार, चैत ५, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।