आइतबार, चैत १, २०८२

एन्फा प्रेसिडेन्ट लिगमा स्टार सिटीको लगातार दोस्रो जित

सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं- सुदूरपश्चिमको स्टार सिटी युवा क्लबले एन्फा प्रेसिडेन्ट लिग-२०७७ मा लगातार दोस्रो जित हासिल गरेको छ।

National life

बुधबार नेपालगन्ज रंगशालामा भएको खेलमा स्टार सिटीले प्रदेश नम्बर १ को च्याम्पियन सैनिक युथ क्लबलाई २–१ ले पराजित गरेको हो।

स्टारको तर्फबाट कुलदिप कार्की र रुप बहादुर लामाले गोल गरेका थिए। सैनिकका जीवन गुरुङले ४० मिनेटमा गोल गरेका थिए।

खेलमा म्यान अफ दि म्याच सैनिकका गोलकिपर एवम् कप्तान किशोर गिरी घोषित भए।

सुदूरपश्चिमको स्टार सिटीले दुई खेल जित्दै ६ अंक जोड्न सफल भएको छ। स्टारले पहिलो खेलमा प्रदेश नम्बर २ को मनकामना युवा क्लबलाई ३-० ले हराएको थियो।

Laxmi sunrise bank
kumari

स्टार सिटीका प्रशिक्षक ललित चन्दले दोस्रो जितले टोलीको आत्मविश्वास बलियो बनेको बताए।

झापाजस्तो टोलीलाई जित्नु प्रतियोगिताको ठूलो उपलब्धी भएको बताउँदै ललितले भने, ‘हामी खुसी छौँ झापाको टोलीलाई हराउन पाउँदा। झापा नेपाली फुटबलकै बलियो टोली हो। एन्फा लिग जित्दै राष्ट्रिय लिग खेल्ने हाम्रो लक्ष्य हो। त्यसमा हामी केन्द्रित भएर खेलिरहेका छौँ। टोलीमा सिनियर र युवा खेलाडीको संयुक्त रुपमा मिश्रित टिम छ। यसले हामीलाई प्रतियोगितामा च्याम्पियन बन्न सहयोग गर्ने विश्वास छ।’

मोफसलको टिमलाई एन्फाले प्रतियोगिता गरेर एउटा उत्कृष्ट सुरुआत गरेकोमा एन्फालाई प्रशिक्षक चन्दले धन्यवाद दिए।
झापाका प्रशिक्षक संजय राईले पहिलो रोजाईका खेलाडी नहुँदा समस्या भएको बताए। उनले भने, ‘हामीले यस प्रतियोगिताको लागि राम्ररी तयारी पनि पाएनौँ। हाम्रो सिनियर खेलाडीले अन्य प्रतियोगिता खेलिरहेका कारण आज समस्या भयो।’

प्रकाशित: Mar 17, 2021| 13:58 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।