शुक्रबार, असार २६, २०८३

चितवनका मार्की खेलाडी खवास, प्रशिक्षक मेघराज

राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवासलाई नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब चितवन फुटबल क्लबले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं- राष्ट्रिय फुटबल टिमका फरवार्ड भरत खवासलाई नेपाल सुपर लिगको फ्रेन्चाइज क्लब चितवन फुटबल क्लबले मार्की खेलाडीको रुपमा अनुबन्ध गरेको छ।

यसअघि सहिद स्मारक लिगबाट कप्तानी सम्हालेर लिगमा क्लबलाई उपविजेता बनाएका खवासलाई आज चितवनले आफ्नो क्लबमा अनुबन्ध गरेको हो।

संकटा क्लबका युवा खेलाडीको रुपमा व्यवसायिक फुटबल सुरु गरेका खवासले त्यसपछि फ्रेन्ड्स र पुलिस क्लबमा पनि समय विताइसकेका छन्। तर खवास ९ वर्षयता अर्को विभागीय त्रिभुवन आर्मी क्लबबाट खेलिरहेका छन्।

उनी गत वर्ष सम्पन्न सहिद स्मारक ए डिभिजन लिगमा उत्कृष्ट फरवार्ड बनेका थिए।

त्यस्तै, नेपाली घरेलु लिगका सफल प्रशिक्षक मेघराज केसी चितवनका प्रशिक्षक रहने भएका छन्। प्रशिक्षक केसीले केही दिनअघि आफू क्लबमा अनुबन्ध भए पनि कुन क्लब भन्ने खुलाएका थिएनन्।

आज क्लबले एक कार्यक्रमबीच प्रशिक्षक र मार्की खेलाडी सार्वजनिक गरेको हो। क्लबका अध्यक्ष सञ्जित ढकालले खेलाडी र प्रशिक्षकसँग सम्झौता गरेका छन्।

प्रकाशित: Mar 17, 2021| 13:30 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।