शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • युवा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व सुमीनाले गर्ने

युवा वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा नेपालको प्रतिनिधित्व सुमीनाले गर्ने

सुमीना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि ६० केजी तौल समूहमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएकी छन्।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं- सुमीना खड्का आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिपका लागि ६० केजी तौल समूहमा नेपालबाट प्रतिस्पर्धा गर्ने भएकी छन्।

बुधबार सम्पन्न छनोट खेलमा प्रथम स्थान हासिल गर्दै सुमीना छनोट भएकी हुन्।

आरडीएस क्लबकी सुमीनाले बक्समाडौंकी डेचेन शेर्पालाई निर्धारित तीन राउण्डको खेलमा अंकका आधारमा ४–१ ले हराउँदै छनोटमा परिन्।

नेपाल बक्सिङ संघले आयोजना गरेको छनोट प्रतियोगिताको ४८ केजी तौल समूहमा नक्सालकी सुष्मा तामाङ मंगलबार नै झापाकी सुस्मिता राईलाई अंकका आधारमा ३–२ को स्कोरमा हराउँदै छनोट भएकी थिइन्।

आइवा युथ वर्ल्ड बक्सिङ च्याम्पियनसिप पोल्याण्डमा अप्रिल ११ देखि २३ सम्म संचालन हुनेछ।

नेपाल बक्सिङ संघले आफ्नो प्राविधिक सहयोगमा नेपाली महिलातर्फका ४८ र ६० केजी तौल समूहका खेलाडीको सहभागी गराउने निर्णय गरेको थियो। सोही निणर्यअनुरुप खेलाडी छनोट भएको संघले जनाएको छ।

प्रकाशित: Mar 17, 2021| 12:27 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।