शुक्रबार, असार २६, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • सिटीमा आउनेबित्तिकै भनिएको थियो– च्याम्पियन्स लिग जित्नुपर्छ : ग्वार्डिओला

सिटीमा आउनेबित्तिकै भनिएको थियो– च्याम्पियन्स लिग जित्नुपर्छ : ग्वार्डिओला

इंग्लिस क्लब म्यान्चेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ। उसले मंगलबार राति जर्मन क्लब बोरुसिया मोन्छेनग्लाडबाखलाई हराउँदै अन्तिम १६ बाट उकालो लागेको हो।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं– इंग्लिस क्लब म्यान्चेस्टर सिटीले युरोपियन च्याम्पियन्स लिगको अन्तिम आठमा स्थान बनाएको छ। उसले मंगलबार राति जर्मन क्लब बोरुसिया मोन्छेनग्लाडबाखलाई हराउँदै अन्तिम १६ बाट उकालो लागेको हो।

म्यानचेस्टर सिटीका समर्थक यो वर्ष युरोपियन च्याम्पियन हुनेमा आशावादी छन्। आशावादी हुने कारण यो पनि हो कि उसले पछिल्ला आठ खेलमा १७ गेल गर्दै एकमात्र गोलको सामना गरेको छ।

सन् २०१५–०१६ मा सिटी च्याम्पियन्स लिगको सेमिफाइनलमा पुग्नु उसको अहिलेसम्मको सबैभन्दा ठूलो सफलता थियो। अर्को सिजनमा पेप ग्वार्डिओलाले म्यानुयल पेलेग्रिनीलाई विस्थापन गरेपछि सिटी लिभरपुल, टोटेनहम र लियोनसँग क्वार्टरफाइनलमा पराजित भएको छ। त्यसअघि ऊ अन्तिम १६ मा मोनाकोसँग पराजित बनेको थियो।

तर अब उसलाई अघि बढ्ने फेरि एक अवसर छ। ‘म यहाँ आएको पहिलो सिजन नै मलाई भनिएको थियो कि च्याम्पियन्स लिग जित्नुपर्छ,’ ग्वार्डिओलाले ग्लाडबाखलाई हराएपछि भने।

‘म अहिले सेमिफाइनलबारे सोचिरहेको छैन, उत्कृष्ट खेलबारे सोचिरहेको छु। यसमै केन्द्रित छु,’ उनले भने। ग्वार्डिओलाले बार्सिलोनालाई दुई पटक च्याम्पियनस लिग फाइनलमा प्ुर्याए पनि बायर्नलाई भने फाइनलको यात्रा गराउन सकेनन्।

त्यसपछि सिटीमा पुगेका उनको यात्रा बार्सिलोनाको जति सफल देखिँदैन। ‘जब तपाईंले एक उपाधि लागि फाइट गर्नुहुन्छ, जब तपाईं एकभन्दा धेरै उपाधिका लागि भिड्नुहुन्छ, त्यस्तो समयमा तपाईंले धेरै परको सोच्नु हुँदैन। खेलमा केन्द्रित हुनु्पर्छ,’ उनले भने।
 

प्रकाशित: Mar 17, 2021| 11:36 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।