आइतबार, असार २८, २०८३

गायक शिव परियार खतरा मुक्त

 |  आइतबार, पुस १६, २०७४

नेपाल समय

नेपाल समय

आइतबार, पुस १६, २०७४
चर्चित गायक शिव परियार आइतबार सवारी दुर्घटनामा परी घाइते भएका छन् । उनको ग्राण्डी अस्पतालमा उपचार भइरहेको छ । 

सामाखुसीको हुन्डाई सर्भिस सेन्टरमा रहेको आफ्नो गाडी हेर्न  बा ८० प ९९९८ नम्बरको बाइकमा गएका उनलाई बा ७८ प ८५११ नम्बरको बाइकले ठक्कर दिँदा दाहिने खुट्टामा चोट लागेको छ । उनीसँगै रहेका गायक कर्णराज गिरी पनि सामान्य घाइते भएका छन् । 

अस्पतालको बेडबाट सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै गायक परियारले आफू खतरा मुक्त रहेको बताएका छन् । गायक परियारले आफ्नो स्वास्थ्य लाभको कामना गर्ने सम्पूर्ण सुभचिन्तकलाई धन्यवाद पनि दिएका छन् । 

उनलाई हाडजोर्नीका चिकित्सक डा. बिनोद बिजुक्क्षेले उपचार गरिरहेका छन् । समान्य उपचार पछि गायक गिरी भने अहिले घर फर्कने तयारीमा छन् । 

गायक परियारले आफू सुरक्षित रहेको जानकारी दिँदै सामाजिक सञ्जाल फेसबुकमा लेखेको स्टाटस्
 
प्रकाशित: Dec 31, 2017| 18:23 आइतबार, पुस १६, २०७४
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।