शुक्रबार, असार २६, २०८३

च्याम्पियन्स लिगमा प्रिक्वार्टरफाइनलका अन्तिम खेल हुँदै

युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज(बुधबार) राति प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।
 |  बुधबार, चैत ४, २०७७

नेपाल समय

नेपाल समय

बुधबार, चैत ४, २०७७

काठमाडौं–  युरोपियन च्याम्पियन्स लिगअन्तर्गत आज(बुधबार) राति प्रिक्वार्टरफाइनलका अन्तिम दुई खेल हुँदैछन्।

जर्मनीको बायर्नस्थित एलिनाज एरिना रंगशालामा हुने खेलमा घरलु टिम बायर्नले पाहुना टिम लाजियोलाई आतिथ्यता प्रदान गर्नेछ।

इटालिस्थित लाजियोको मैदानमा भएको पहिलो लेगको खेलमा डिफेन्डिङ च्याम्पियन बायर्नले लाजियोलाई ४–१ गोलले पराजित गरिसकेको छ।

यसकारण पहिलो जितबाटै सहज अवस्थामा रहेको बायर्नले आज अर्को जित निकाल्दै सानदार नतिजाका साथ क्वार्टरफाइनलमा प्रवेश चाहन्छ।

यता लाजियो पहिलो लेगमा बेहोरेको हारको बदला लिने दाउमा हुनेछ। तर लाजियोले पहिलो पटक एलिनाज एरिना मैदानमा खेल्दैछ। यसकारण उसलाई बायर्नको मैदानमा बलियो घरेलु टिमलाई हराउन सजिलो भने छैन।

इटालियन क्लबहरुले बायर्नको मैदानमा पछिल्ला चार खेलमा जित निकाल्न सकेका छैनन्। बायर्न आज पनि त्यही लय कायम गर्न चाहन्छ।

हान्सी फ्लिक बायर्नको चार्जमा आएपछि उसले १८–३ गोलअन्तरमा सबै ६ खेल जितेको छ। लाजियोले चाहिँ पछिल्ला १५ अवे खेलमा एकमात्र जित निकालेको छ।

इंग्ल्यान्डको लन्डनस्थित स्ट्याम्फर्ड ब्रिजमा आज राति पौने दुई बजे नै हुने अर्को खेलमा चेल्सीले स्पेनिस लिगलिडर एथ्लेटिकोको सामना गर्नेछ।

वान्डा मेट्रोपोलिटानोको मैदानमा भएको पहिलो लेगको खेलमा घरेलु टिमले १–० गोलको हार बेहोरिसकेको छ। यसकारण आज चेल्सीले घरेलु मैदानमा सहजताका साथ खेल सुरु गर्नेछ भने एथ्लेटिकोलाई दबाब छ।

चेल्सीले एथ्लेटिकोसँगको तीन होम गेममा जित निकालेको छ। यता डियागो साइमनको नेतृत्वमा चाहिँ एथ्लेटिकोले चेल्सीविरुद्ध एक जित र एक बराबरी खेलेको छ।

च्याम्पियन्स लिगको सातपटक प्रतिस्पर्धा हुँदा चेल्सीले तीन जित निकालेको छ भने तीन खेलमा बराबरी भएको छ। एथ्लेटिकोको भागमा एकमात्र जित परेको छ।

साथै च्याम्पियन्स लिगमा पहिलो लेग जितेपछि चेल्सीले फुटबल इतिहासको दोस्रो लेगमा हार बेहोरेको छैन। तर सन् १९९९ मा बार्सिलोना र २००६–०७ मा लिभरपुलसँग पहिलो लेगको जितपछि पनि बेहोरेको हार अपवाद हुन्।

क्वार्टरफाइनलको ड्र आगामी शुक्रबार हुनेछ।
 

प्रकाशित: Mar 17, 2021| 08:03 बुधबार, चैत ४, २०७७
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।